AnonymousUser

Logout

भारतको पन्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

भारतमा केही उडान अझै रद्द, यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह

भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्।

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने

हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।

जेलेन्स्कीले भने– बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

गाजामा जल संकट : दैनिक ५ लिटरभन्दा कम पानी पाउँछन् नागरिक

जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

पानामाका पूर्वराष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण

दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।

युक्रेनसँग मे १५ मा प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।

भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्ने सहमति जनाएका छन्।

पाकिस्तानसँग बढ्दो तनावबीच भारतले बन्द गर्‍यो ३२ विमानस्थल

भारत सरकारले पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ३२ विमानस्थलमा उडान सेवा स्थगित गरेको छ।

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारीदर बढ्यो

मार्चमा बेरोजगार रहेका ६१ प्रतिशत व्यक्ति अप्रिलमा पनि बेरोजगार नै रहेका थिए, जुन अघिल्लो वर्षको तुलनामा उच्च अनुपात हो।

नयाँ पोप लियो चौधौँः मिसनरीमा केन्द्रित, नेतृत्वदायी क्षमता

पोप धार्मिक गुरू भए पनि यसले विश्व राजनीति र कूटनीतिक क्षेत्रमा समेत प्रभुत्व/प्रभाव कायम गर्न सक्ने भएकाले यो पदलाई विशेष महत्त्वका साथ हेरिन्छ।

भारत–पाकिस्तान बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।

दक्षिण सुडानमा मानवीय संकट चुलिँदै, बालबालिकाको जीवन जोखिममा

अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति: यूएनडीपी

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।

केन्द्रीय सुरक्षा समिति बैठक: सिमाना र विमानस्थलमा निगरानी बढाइने

भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव,आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ।

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति

ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।

फ्रेडरिख मर्ज जर्मनीको चान्सलरमा निर्वाचित

नयाँ नेतृत्वबाट जर्मनीमा दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरणमार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ।

पाकिस्तानका नौ स्थानमा भारतको आक्रमण, तनाव चुलियो

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्।