AnonymousUser

Logout

श्रीलंकामा बाढीपहिरो: मृत्यु हुनेको संख्या ५६ पुग्यो

बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडक जलमग्न भएका छन्। पहिरो खस्दा जनधनको ठूलो क्षति भएको छ।

हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

हङकङको अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने ७६ जना घाइते भएको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलंकामा भारी वर्षाका कारण ३१ जनाको मृत्यु

मौसमी प्रकोपले श्रीलंकाका १७ वटा जिल्लामा असर गरेको छ। एक हजार १५८ परिवारका करिब चार हजार मानिस प्रभावित भएका छन्।

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो फैलिएको बताइएको छ।

हङकङमा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु

यो अपार्टमेन्टमा हाल मर्मत कार्य भइरहेको थियो। यसको बाहिरी भाग वरिपरि जडान गरिएको बाँसको मचान र निर्माण जालीमा आगो फैलिएको थियो।

थाइल्यान्डमा बाढीको कहर, औद्योगिक क्षेत्र डुबानमा

विश्वको सबैभन्दा ठूलो रबर उत्पादक र निर्यातकर्ताहरूमध्ये एक हात याई क्षेत्र जलमग्न छ भने त्यहाँका उद्योगहरू ठप्प छन्।

बुर्का लगाएर विरोध गर्दा अस्ट्रेलियाली सिनेटर निलम्बित

राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई संसदबाट निलम्बन गरिएको हो।

इजरायली आक्रमणमा हिजबुल्लाहका सैन्य कमान्डर मारिए

आइतबारको आक्रमण जुन ५ मा  हिजबुल्लाहको ड्रोन कारखानामा आक्रमण गरेको घटनापछि बेरुतको दक्षिणी उपनगरमा पछिल्लो आक्रमण थियो।

भियतनाममा बाढी–भूस्खलनबाट ९० जनाको मृत्यु, ३४ करोड डलरको क्षति

सरकारले बाढीपीडित समुदायमा राहत पुर्‍याउन हेलिकप्टर परिचालन गरेको छ। दशौँ हजार कर्मचारीलाई कपडा, पानी शुद्धीकरण ट्याब्लेट, तयारी चाउचाउ र अन्य आवश्यक सामग्री वितरणका लागि खटाइएको छ।

शेख ह‍सिनालाई मृत्युदण्ड, कस्तो कदम चाल्ला भारत?

हसिना सरकारको पतनपछि बांग्लादेशमा भारतप्रति आक्रोशको भावना रहेको छ। यसले बांग्लादेशसँग सम्बन्ध विकास गर्न भारतको लागि चुनौती खडा गरेको छ। यहीबेला हसिनालाई भारतले सुपुर्दगी गर्छ/गर्दैन हेर्न बाँकी छ।

अमेरिकी शान्ति योजना संशोधन गर्न युक्रेनका सहयोगीको दबाब

करिब चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीमा तीव्र चिन्ता जगाएको छ।

शान्ति योजना स्वीकार गर्न युक्रेनलाई ट्रम्पको नोभेम्बर २७ सम्मको समय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामाथि युक्रेनको प्रतिक्रिया प्राप्त गर्नका लागि नोभेम्बर २७ सम्मको समयसीमा तोकेका छन्।

नाइजेरियामा बढ्दै विद्यार्थी–शिक्षक अपहरणको क्रम, पीडित संख्या ३१५ पुगेको इसाई समूहको दाबी

नाइजेरियामा क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन्।

भियतनाममा बाढी, ५५ जनाको मृत्यु

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन्। अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।

युक्रेन–रुसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

अमेरिकी पक्षले तयार पारेको नयाँ शान्ति प्रस्ताव अहिले युक्रेनले अध्ययन गरिरहेको छ। प्रस्ताव अझै विकासकै क्रममा छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

‘काश्मीर टाइम्स’मा आतंकवादविरोधी छापा, ‘आधारहीन’ भन्दै आरोप अस्वीकार

भारतीय आतंकवादविरोधी दस्ताले ‘आपराधिक षड्यन्त्र’मा संलग्न रहेको आरोपमा बिहीबार राति द काश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ।

नयाँ बर्दीमा बांग्लादेश प्रहरी, जनविश्वास फर्काउने प्रयास

लामो समयदेखि फिरोजा र निलो रङमा परिचित बर्दी अहिले फलामे–खैरो सर्ट र चकलेट–खैरो ट्राउजरमा रूपान्तरित गरिएको छ।

रुससँग लड्न युक्रेनले फ्रान्सबाट १०० राफेल लडाकु विमान खरिद गर्ने

युक्रेनले रुसी आक्रमणबाट बच्न फ्रान्सेली राफेल एफ-४ लडाकु विमान र उन्नत हवाई रक्षा प्रणाली खरिद गर्ने भएको छ।

‘मानवताविरुद्धको अपराध’मा बांग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

स्थानीय सञ्चारमाध्यमका अनुसार, अदालतले पूर्वप्रधानमन्त्री हसिनाको आदेश, उक्साहट वा घटनालाई नियन्त्रण गर्न नसक्नु नै देशव्यापी हिंसा चर्कनुको मुख्य कारण रहेको निष्कर्ष निकालेको छ।

शेख हसिना विरुद्धको फैसलाअघि बांग्लादेशमा कडा सुरक्षा

अभियोजनकर्ताहरूले भारतमा रहेकी हसिना तथा पूर्व-गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन्। यही मुद्दाको फैसला सुनाइने अपेक्षा गरिएको छ।