मेक्सिकन विमान अमेरिकामा दुर्घटना, ५ जनाको मृत्यु

दुर्घटनामा दुई जना यात्रु बाच्न सफल भएका छन्। अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद एक जना बेपत्ता छन्।

मेक्सिकन विमान अमेरिकामा दुर्घटना, ५ जनाको मृत्यु
एएफपी

अमेरिकाको टेक्सासमा मेक्सिकन नौ– सेनाको चिकित्सा सामाग्री बोकेको विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रु सवार थिए। फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो। अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी  रेकर्ड गरिएको थियो।

मेक्सिकोको सेना सचिवालयका अनुसार, दुर्घटनामा दुई जना यात्रु बाच्न सफल भएका छन्। अमेरिकी तटरक्षकको खोजी प्रयासका बाबजुद एक जना व्यक्ति अझै बेपत्ता छन्। 

विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको थियो। विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाहरूको हेरचाह गर्छ।