विधेयकले राजनीतिक बन्दीलाई समेट्न नसकेको, क्षतिपूर्ति प्रदान गर्ने स्पष्ट संयन्त्र नराखेको तथा निर्वासनमा रहेका नागरिकको सुरक्षित स्वदेश फिर्तीको सुनिश्चितता नगरेको विपक्षीले आरोप लगाएका छन्।
युरोपेली आयोगले टिकटकको सिफारिस प्रणाली र डिजाइनले विशेष गरी बालबालिकामा मानसिक स्वास्थ्यको जोखिम निम्त्याएको ठहर गर्दै डिजिटल सेवा ऐनबमोजिम सुधार गर्न निर्देशन दिएको छ।
रुसी सेनाको जनरल स्टाफका उप-प्रमुख भ्लादिमिर अलेक्सेभमाथि मस्कोस्थित आफ्नै निवास बाहिर अज्ञात समूहले गोली प्रहार गरेको छ।
अफनागिस्तानमा पिठो, चामल, खाना पकाउने तेल जस्ता आवश्यक वस्तुको मूल्यमा तीव्र वृद्धि भएको छ। यसले कम आय भएका परिवार समस्यामा परेका छन्।
अमेरिका र रुसबीचको अन्तिम सुरक्षा सन्धि 'न्यु स्टार्ट' बिहीबारदेखि निष्क्रिय भएसँगै विश्व पुनः अनियन्त्रित आणविक हतियार दौडको जोखिममा पुगेको भन्दै जापानी बमपीडितहरूले चिन्ता व्यक्त गरेका छन्।
अफगान आप्रवासीहरू घरफिर्तीको गति बढ्दै जाँदा, आप्रवासी अधिकारकर्मीले दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेज अमेरिकासँग काम गर्न इच्छुक रहेको र भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच दिन तयार रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादित विचारधारा फैलाएको लगायतका आरोप लगाउँदै हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गरेका छन्।
अमेरिकी कंग्रेसले संघीय सरकारको कामकाज ठप्प हुनबाट जोगाउन र बजेटसम्बन्धी गतिरोध अन्त्य गर्न मंगलबार खर्च विधेयकमाथि मतदान गर्ने तयारी गरेको छ।
रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ। वासिंटनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि वार्ता सफल हुन सकेको छैन।
बांग्लादेशको एक अदालतले सरकारी टाउनसिप परियोजनासँग सम्बन्धित दुई भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री शेख हसिनालाई १० वर्ष र उनकी भतिजी एवं बेलायती सांसद ट्युलिप सिद्दिकलाई ४ वर्षको जेल सजाय सुनाएको छ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध शुरू गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।
नोबेल शान्ति पुरस्कार प्राप्त गरेको लगभग चार दशकपछि, दलाई लामाको ग्रामी जितले उनको यात्रामा अर्को अप्रत्याशित अध्याय थपेको छ।
यूएईको कम्पनीलाई टर्मिनल सञ्चालनको जिम्मा दिने निर्णयविरुद्ध बांग्लादेशको चट्टोग्राम बन्दरगाहका कामदारले हडताल गर्दा वैदेशिक व्यापार र ढुवानी सेवा ४० प्रतिशतले प्रभावित भएको छ।
नासाले पाँच दशकपछि अन्तरिक्ष यात्रीलाई चन्द्रमाको कक्षमा पठाउने मिसनका लागि शनिबारदेखि ‘काउन्टडाउन’ अभ्यास शुरू गर्दै तयारीलाई अन्तिम चरणमा पुर्याएको छ।
प्रभावित क्षेत्रमा सुरक्षा र सफाइ अपरेसन जारी राख्ने र आतंकवादी गतिविधिमा संलग्न सबैलाई न्यायको कठघरामा ल्याइने सेनाले जनाएको छ।
गाजामा युद्धविरामबीच इजरायलले गरेको पछिल्लो आक्रमणमा दुई परिवारका सदस्य र बालबालिकासहित कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ।
रुबाया क्षेत्रका फरकफरक कोल्टान खानीमा एकपछि अर्को गर्दै सुरुङ भत्किएका थिए। दुर्घटनामा परेकामध्ये अधिकांश जीविकोपार्जनका लागि खानीमा काम गर्ने खानी मजदुर रहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पको साटो वार्ताको प्रस्ताव गरे पनि इरानी अधिकारीले आफ्नो क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता वार्ताको विषय बन्न नसक्ने स्पष्ट पारेका छन्।
गहिरो ऊर्जा र आर्थिक संकटमा परेको क्युबा मेक्सिको, रुस र भेनेजुएला जस्ता सहयोगी राष्ट्रबाट आउने तेल आपूर्तिमा निर्भर रहँदै आएको छ।