प्रधानमन्त्रीले उपकुलपतिहरूलाई शपथ गराउने अभ्यासले विश्वविद्यालयको स्वायत्तता र शैक्षिक स्वतन्त्रतामा गम्भीर खतरा निम्त्याउन सक्छ।
पीडितको नजरमा विश्वसनीय बन्नै नसकेका संक्रमणकालीन न्यायका विद्यमान संयन्त्रहरूले न्याय दिने आशा छैन। बरु मुलुकले अन्तर्राष्ट्रिय तहमा पीडितको न्याय सुनिश्चित गर्न नसक्ने देशका रूपमा बेइज्जतीको सामना गरिरहनुपर्नेछ।
अन्तर प्रदेश समन्वय
कर्णाली र लुम्बिनी प्रदेशबीच भएको १९ बुँदे समझदारी पत्रले संघीय शासन व्यवस्थाको मूल मर्मअनुरूप आपसी सहकार्य, समन्वय र साझा समृद्धिको अन्तरआबद्धतालाई मजबुत बनाउने प्रयास गरेको छ।
‘माइला मैले बालेको प्रजातन्त्रको दियो तैँले प्रज्वलित गर्नेछस्।’ शहीद गंगालालले आफ्ना भाइ पुष्पलाललाई भनेको यही वाक्य नै माल्दाइको राजनीतिक यात्राको पहिलो पाइला थियो।
सामाजिक सञ्जाललाई सूचना प्राप्तिको मुख्य स्रोत बनाउने व्यक्ति, महिला, वृद्ध, सीमान्तकृत समुदायका सदस्य र किशोर किशोरीहरू मिथ्या सूचनाबाट सबैभन्दा प्रभावित छन्।
प्रयोगशाला जसरी सञ्चालन गरे पनि मेरो अनुभवमा विज्ञान तथा अरू विषयका विद्यार्थीले सिक्नैपर्ने र धेरैभन्दा धेरै गर्नुपर्ने भनेको अभ्यास पेपर लेखनको हो।
छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।
त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिएन, उनीहरू कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।
संविधानको ‘धर्म निरपेक्ष’ प्रावधानउपर हुँदै गरेका प्रहार धार्मिक आस्थाको कारणले नभएर तात्कालिक राजनीतिक लालचले भएको हो।
समग्रतामा हेर्दा मुर्दा शान्तिमा बाँचेको छ मधेश। जहाँ न प्रतिरोध छ न प्रतिपक्ष, जिज्ञासा छ न जबाफदेहिता। लोकतन्त्रको नाममा केवल ढाँचा बाँकी छ, आत्मा हराइसकेको छ।
विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो।
आदेशमा प्रत्येक न्यायाधीशले औँल्याएका मुख्य कानूनी प्रश्न र त्यसउपर राखेका विचार प्रतिबिम्बित छ। न्यायाधीशले यस मुद्दामा उठेको शासन व्यवस्थासम्बन्धी गम्भीर संवैधानिक प्रश्नको उत्तर दिने चेष्टा गरेनन्।
क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र होइन, जोखिम पूर्वानुमान र सतर्कता प्रणालीको साझेदारीका लागि पनि दुई देशबीचको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्छ।
जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनको दीर्घकालीन समाधान खोज्ने कार्य राज्यले अतिशीघ्र अघि बढाउनु जरुरी छ। उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर व्यवस्थापन गर्न सकिन्छ।
१९९० सालको मेट्रीकुलेसनदेखि २०८१ सालको एसईईको तथ्यांकीय दस्ताबेज सरसर्ती हेर्दा पनि उच्चवर्गीय घनघोर उत्पीडनले निम्नवर्गीय मानिसलाई निरन्तर डामिरहेको देखिन्छ।
कानूनी शासनको सम्मान नगर्ने उनीहरू यस्ता हर्कत पनि ‘जनताको इच्छा’ भन्दै गर्छन्। यसले वास्तवमा लोकतन्त्रलाई भित्रभित्रै मक्काउँछ र सक्काउँछ।
न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्रेटहरू नै चिन्तित छन्।
'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।
सन् २०१५ मा बीजेपी सरकारकै पालामा भारतका १११ वटा गाउँ बांग्लादेशमा र बांग्लादेशका ५१ गाउँ भारतमा साटफेर गरिएको थियो।
बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?