AnonymousUser

Logout

कहाँ चुके दलहरू?

पार्टी शुद्धीकरण, विचारमा परिवर्तन र  पुस्तान्तरणको प्रक्रिया अघि बढाउने कि मत्थर भएको जेनजी आन्दोलनलाई फेरि सडकमा फर्काउन बाध्य पार्ने? उत्तर दलहरूले नै दिनुपर्ने छ।

मिथिलाञ्चलको नवरात्रा: नारी सम्मानको सांस्कृतिक अनुष्ठान

मिथिलावासी वैदिकपर्वमा लोक आस्था र लोकपर्वमा वैदिक छनक दिन खप्पिस हुन्छन्। यही कारण नवरात्राजस्तो शास्त्रीय पर्व पनि मिथिलाञ्चलमा लोकगीतको निरझरनीबीच मनाइन्छ।

जेनजी आन्दोलन, राजनीतिक अन्योल र देशको भविष्य

दलहरूले विगतका गल्ती स्वीकार्दै जनताले नरुचाएका पुराना नेतालाई पाखा लगाएर नयाँ पुस्तासँग सहकार्य गर्ने, राष्ट्र हाँक्ने जिम्मा पाएकाहरूले आक्रोशलाई नयाँ सोचमा रूपान्तरण गर्नेमा ध्यान दिनुपर्छ।

एउटै पर्व फरक ठाउँमा किन अलग दिन पर्छन्?

यो वर्ष अर्थात् सन् २०२५ को विजयादशमी अमेरिका-क्यानडामा अक्टोबर १  बुधबार र नेपाल वा भारतमा अक्टोबर २ बिहीबार परेको छ।

सुतीको फरियाको सन्देश

आफ्नो स्वतन्त्रता, स्वच्छन्द उडान, कर्म र मिहिनेतबाट देशको प्रधानन्यायाधीश हुँदै प्रधानमन्त्री भएर इतिहास रचेकी महिलाको सरल पहिरनले लोकलाई पक्कै ठूलो सन्देश दिइरहेको छ।

जीवनका पाँच आयाम, प्रश्न र लोकतन्त्र

लोकतन्त्रबाट प्राप्त अधिकारको प्रयोग गर्दै जेनजीहरूले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन माग राख्दै आन्दोलन गरेका हुन्। यसले लोकतन्त्रलाई थप उन्नत बनाउने अपेक्षा गर्न सकिन्छ।

आक्रोश र आशाको सम्मिश्रण : जेनजी आन्दोलन

अब जेनजीले  संविधानका धारा आफै पढ्न पर्छ, त्यसका कानूनी गाँठाहरूमा आफै घोत्लिनुपर्छ। राजनीति र कूटनीतिबाट भागेर होइन, त्यसमा होमिनुपर्छ। किनभने धेरै कुराको उत्तर च्याटजीपीटी र ग्रोकमा भेट्टाइँदैन।

रगत र खरानीको अतृप्त प्यास

२०६२/६३ को १९ दिने जनआन्दोलनमा भन्दा यी तीन दिनमा बढी मानिस मारिएका छन्। १० वर्षे माओवादी द्वन्द्वमा भन्दा बढी सार्वजनिक सम्पत्तिमा क्षति भएको छ।

राजनीतिक संक्रमणमा ध्यान पुर्‍याउनुपर्ने विषय

चाडबाडको मुखमा हुनसक्ने  खतरालाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।

अस्थिर परिस्थितिमा लैंगिक तथा यौनजन्य हिंसाको जोखिम

पहिल्यैबाट लैंगिक तथा यौनजन्य हिंसा छ समाजमा। अन्य अपराधका घटनामा जेल सजाय भोगिरहेकाहरूको उन्मुक्तिले समाजमा त्रास सिर्जना भइरहेको छ।

यतिखेर संविधानको मर्म मुख्य, धारा गौण

यो संविधान लेख्न धेरै योगदान गरेका दलहरूले अब घोषणा गरिएको चुनावमा जानबाट हच्कन हुँदैन। अर्को द्वन्द्वको खेतीपाती गर्ने हो भने  त्यसले ठीक ठाउँमा लैजाँदैन।

राजनीति सङ्लो बनाउने एउटा मौका

प्रणालीलाई दोष मात्र दिएर त्यसले समाधान कसरी दिन्छ? विवेकले काम गरे सुखद परिणाम खोज्न सकिने सम्भावना रहन्छ। तर दम्भ र अहंकार बोकेर हिँडे, फेरि पनि आउने दुष्परिणाम नै हो।

सरकार गल्दैन, गलाउनु पर्छ

जसले अपराध गरेको छ, त्यसबाट न्याय अपेक्षा गर्न सकिँदैन। जेन–जी र बाँकी जनताले यो सन्देश देशबाट मात्र होइन, सारा विश्वभरबाट दिइसकेका छन्।

दर्ताको नाममा सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन

धेरैको दैनिक जीवन नै बनिसकेका ती सामाजिक सञ्जाल नेपालमा दर्ता नै गर्न आएनन् भने के हुन्छ? के नेपाल सरकारले यसको अवस्थाको विश्लेषण गरेको छ?

कलकत्ता र दिल्लीबाट कोही किन टोपी लगाएर आउँछ?

मार्क्सले धर्मलाई अफिम भनेका थिए तर भाषा र जातको गलत व्याख्या पनि एक प्रकारको अफिम नै रहेछ। त्यसकै नाममा चुनावी शिकार खेल्न दिल्ली र कलकत्ताबाट आइपुग्छन् खेलाडीहरू।

एमाले विधान महाधिवेशन

ओलीको ‘भव्यता’मा हराउँदै मदनहरू

एकचोटिका लागि मात्र भन्दै नवौँ महाधिवेशनमा अध्यक्षका लागि मत मागेका ओली तेस्रो पटक अध्यक्ष हुने तयारीमा छन्। अब उनी प्रतिष्पर्धीविहीन अध्यक्ष बन्न चाहन्छन्।

कारोबारी समाज, डिजिटलनेटिभ पुस्ता र अबको बाटो

आलोचनात्मक चेत कम भएको हाम्रो जस्तो समाजले गहिराइमा गएर सत्यतथ्यको खोजी गर्नुभन्दा यस्तै सतही सूचनाका आधारमा धारणा बनाइरहेको हुन्छ।

पुस्तक दहनको जनकपुर सन्दर्भ र पठनका चुनौती

खबर थाहा पाउँदा डा.राजेन्द्रप्रसाद विमलको प्रतिक्रिया थियो, ‘पुस्तक जलाएर खाना पकाउनु भनेको दुनियाँको कुनै पनि तानासाहले गरेको जुनसुकै अपराधभन्दा जघन्य अपराध हो।’

अर्थ-राजनीति

पहिलो वैदेशिक लगानीको अन्तर्कथा

उक्त सम्भावनाको तिनले चर्चा गर्दा राजा त्रिभुवन तथा युवराजाधिराज महेन्द्र अचम्मित भएका थिए। बाबुछोराको प्रतिक्रिया थियो, ‘यहाँ के छ र त्यो हेर्न पर्यटक आउने?’

भुइँमान्छे नचिन्ने नेतृत्व

न्याय माग्न काठमाडौँ नै पुग्नुपर्ने बाध्यता बनाइएको छ, चाहे हप्तौँ लगाएर खाली खुट्टा पैदलै आउन किन नपरोस्। माइतीघर मण्डलमा महिनौँ नचिच्याएसम्म राज्यले सुन्दै सुन्दैन।