AnonymousUser

Logout

नेपाल 'जासुसको केन्द्र' बन्दा हाम्रो कूटनीति

नेपालको वर्तमान कूटनीतिक कमजोरीको उदाहरण हो- हालै आयोजित ‘सगरमाथा संवाद’। यस संवादमा अन्तर्राष्ट्रिय मञ्चबाट राष्ट्र वा सरकार प्रमुखको उपस्थिति शून्य थियो।

बुर्किनाफासोका ट्राओरे र नेपाली कम्युनिस्ट आन्दोलन

अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र 'चीन सचित्र' पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– 'कम्युनिस्ट गाडी चढेर आउँदैनन्।'

यसकारण हुनैपर्छ शिक्षणको केन्द्रमा संगीत

संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ। 

जिन र डीएनएले कसरी आफ्नो प्रतिलिपि बनाउँछन्?

एउटै परिवार र नातागोतामा विवाह गर्नु हुँदैन भन्ने कारण पनि यसैले गर्दा हो। आमाबुवाको जिन जति धेरै मिल्यो, नयाँ सन्तानमा दबेर बसेका अप्रभावकारी जिन देखापर्ने सम्भावना बढ्न सक्छ। 

विधायिकाको मनसाय: दिगो दाम्पत्य

मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा दुवै तर्फबाट कुनै चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउने कार्यलाई दण्डनीय बनाएको छ।

सरकारको १ वर्ष: सुशासन, विकास र संविधान संशोधनको बहीखाता

देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।

सुशासन: लज्जा छाडेपछि सबै जितिन्छ!

बाबा वैद्यनाथ धाम र बेहडाबाबा दर्शनमा धाइरहनुभन्दा परराष्ट्रमन्त्री आरजु राणाले विपिन जोशीको ‘श्वास र आश’मा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ।

भुटान-वाच प्रतिवेदन : राज्य नियन्त्रण र जातीय विभेदको नजिर

सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्वामित्व, मतदान, शिक्षा र सरकारी सेवाबाट वञ्चित छन्।

युद्धविरुद्ध विश्व नागरिक जुटौँ

शान्ति र प्रगतिको बाधक नै विकसित भनिएका देशहरू भएको देखिन्छ। यस्तो अवस्थामा समग्र वैश्विक नागरिक समाजले अब युद्ध विरोधी मोर्चा बनाउनतर्फ लाग्ने समय आएको छ।

रूपचन्द्र विष्ट: एउटा ज्याद्रो इमानदार

उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।

इतिहासले बिर्सिन खोज्ने भुइँमान्छेको इतिहास

कार्ल मार्क्स भन्छन्–मानिसले इतिहास निर्माण गर्छन्, तर तिनको रोजाई अनुसार इतिहास बन्दैन। लेखक जर्ज अर्वेलका अनुसार त जसको नियन्त्रणमा वर्तमान हुन्छ, उसैका अनुसार विगत (इतिहास) को भाष्य निर्माण गरिन्छ।

निजामती सेवकको पुनर्नियुक्ति: जनसेवामा घात

मेरिटको नाममा गरिने यस्ता पुनर्नियुक्तिले सीमित व्यक्तिलाई बारम्बार अवसर दिँदा जनताको विश्वास मात्र घटेको छैन, नयाँ पुस्तालाई नेतृत्वको अवसरबाट वञ्चित गरेको छ।

युवा-स्टार्टअप: सार्थक पहल गरे नतिजा सकारात्मक

नेपालमा युवा उद्यमशीलताको लहर त उकालो लागिरहेको छ, तर यसलाई दिगो र अझ तीव्र बनाउन बहुआयामिक प्रयासहरू आवश्यक देखिन्छ।

कोही किन युद्ध चाहन्छ?

मानिस यो हदसम्म कसरी पुग्छ? एक अर्कालाई घृणा गर्न मानव मस्तिष्कमा कस्तो किसिमको बीज रोपिनुपर्छ र युद्ध गरेर आखिर फाइदा कसलाई भइरहेछ? यी प्रश्न अहम् रूपमा उब्जिएका छन्। 

नेपालको मौलिक धन ललितकलाः गर्नैपर्ने यी ५ काम

कलाक्षेत्र संसारमा सिर्जनशील अर्थतन्त्र निर्माणमा अग्रणी बन्दैछ। नेपालकै हस्तकला अन्तर्राष्ट्रिय बजारमा चर्चित छ। कला–संस्कृतिमा धनी नेपालले यो मौलिक धनलाई अर्थोपार्जनसँग जोड्न ढिलो गर्नुहुन्न।

गायब गोर्खाल्यान्ड

अलग राज्य 'गोर्खाल्यान्ड' भनेर जसवन्त सिंह, इन्द्रजीत खुल्लरहरू सांसदको उम्मेदवार भएर दार्जिलिङ आए। भोट पनि पाए। त्यसपछि जनताले न गोर्खाल्यान्ड देख्न पाए, न त सांसदलाई भेट्न नै।

बदल्नुपर्छ नागरिकताको परिभाषा

नेपाली जो विदेशमै जन्मे-हुर्किए, उनीहरू आफ्नो मौलिक पहिचान खोज्न थाल्छन्। नेपाली भाषा-संस्कृतिमा चासो देखाउँछन्, यतै केही गर्न चाहन्छन् तर नागरिकता नहुँदा उनीहरूको त्यो लगाव ‘भावना’मै सीमित हुन्छ।

लैंगिक र यौनिक अल्पसंख्यकमाथिको हिंसाविरुद्ध निरन्तर दबाब आवश्यक

हिंसा र दुर्व्यवहार, सामाजिक बहिष्कार तथा राज्यबाटै बेवास्ताजस्ता कारणले यौनिक अल्पसंख्यकको दैनिकी संघर्षपूर्ण हुने गरेको छ। शारीरिकसँगै मानसिक पिडा र लाञ्छनाले यो समुदाय मूल प्रवाहमा आउन सकेको छैन।

एमालेको पुनर्जलीय उपचार

नेपालका सबै पार्टी वैचारिक, राजनीतिक तथा सांगठनिक तीव्र पुनर्गठनको पर्खाइमा छन्। तर पुस्तान्तरणको सामान्य मेलोमा पनि आग्लो हाल्ने नेतृत्वले पुनर्जलीय उपचारको आवश्यकता देखेकै छैन।

पाठ्यक्रममै तोकेर गरौँ उच्च शिक्षामा सुधार

नेपालको शिक्षा व्यवस्था पचासौँ वर्षअघिदेखि नै कमजोर छ। विकसित देशको तुलनामा जनशक्ति, स्रोत र साधनको अभाव छ। गुणस्तरीय शिक्षा पाएका शिक्षकहरूकै कमी छ।