जनावर बोल्न सक्दैनन्, सहमति या असहमति दिन सक्दैनन्। जहाँ सभ्यता र करुणा छ, त्यहाँ जनावरको गरीमा रक्षाका लागि कडा कानून र त्यस अनुसारको व्यवहार आवश्यक छ।
अबिच्युरी
सन् १९६६ मा धर्मेन्द्रको फिल्म ‘फूल और पत्थर’ले तहल्का नै पिट्यो। सो समयमा राज कपुरपछि देशबाहिर पनि फ्यान बनाउनेमा दोस्रोमा गनिए। यहीँबाट उनलाई ‘हि म्यान’ उपनाम दिन थालियो।
ऐतिहासिक विभेदको दुष्चक्र तोड्न सामाजिक–सांस्कृतिक–लैंगिक विनिर्माणवादको विचारसहित राजनीतिक युद्ध मैदानमा हामी पनि कुनै न कुनै कुनाबाट यहाँहरूलाई साथ दिनेछौँ।
महामहिम, आज ‘एम्बेसेडर्स रुम’मा हाजिरी गर्नुभयो? यो अपहत्ते ४ लाख रुपैयाँ वैदेशिक भत्ताका लागि हो कि मासिक बेतन थापेरै छाड्ने आशक्ति? जवाफ चाहियो।
हिंसा र विध्वंस न्यायको माध्यम हुन सक्दैन। वास्तविक आन्दोलनकारी र तरल परिस्थितिको दुरुपयोग गर्ने घुसपैठियाबीच स्पष्ट भिन्नता छुट्याउन सक्नु नै निष्पक्षताको पहिलो सर्त हो।
भाषा विषयमा विज्ञानी मात्रै हुन खोज्दा भावनाको ख्याल हुँदैन। भुलिँदै जाइन्छ, जुन ठूलो भूल हुन पनि सक्छ। धेरै जान्नु वा भनौँ, जानेको जस्तो गर्नु गल्ती हुन्छ।
नरसंहार र विध्वंसको छानबिन गर्ने उनको सरकारद्वारा निर्मित आयोगको ताल हेर्दा यिनका खुट्टी लुला भइसकेका छन्। लोहासुरको पहिलो लन्च त यही आयोग हुन बेर छैन।
एक-दुई हप्तासम्म लुकेर बसेका उनीलगायत व्यक्तिहरू फेरि चम्कीचम्की युवालाई धम्की दिन थालिसके। उसैगरी उखान टुक्का हाल्न थाले, मानौँ देशमा केही भएकै थिएन।
शिक्षामा एआई समावेश गर्ने विषय बृहत् र जटिल छ। शिक्षण–सिकाइको हरेक तहमा एआई उपयोगी भए पनि यसको संरचना, घटक, कार्यक्षमता र उद्देश्य बुझ्नुपर्ने आवश्यकता झनै बढेको छ।
'शीर्षस्थ नेताहरू' पुनः हाबी भए भने आगामी फागुन २१ गते हुने निर्वाचनमा यी आबद्ध दलले 'लज्जाजनक हार' व्यहोर्नु पर्नेछ। आउँदो चुनावमा अधिकांश प्रमुख दलका उम्मेदवारको जमानत जफत हुने प्रबल सम्भावना छ।
कोप-३० ले विश्व कूटनीतिलाई पुनः समायोजन गर्ने मञ्च प्रदान गर्छ। अब युरोपेली संघ र ग्लोबल साउथ सँगै मिलेर अमेरिकी नेतृत्वमाथिको निर्भरताबाट बहु-केन्द्रित शासनतर्फको मोडल परिवर्तन गर्नै पर्छ।
हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले।
केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो।
सबै औषधि र तीनका साइड इफेक्टलाई एकै ठाउँमा राखेर कुरा गर्न मिल्दैन। अझ, धेरै समय त्यसैमा काम गरेका, चिकित्सकले नै बेतुकको ठोकुवा गर्नु त अझै लाजमर्दो हो।
गृहमन्त्रीको खोइरो खन्नु र भदौ २४ को विध्वंसबाट बौरिन नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथलीस्थित भवन भत्काउन हतारिएर डोजर लिएर जानु संयोग मात्रै पक्कै होइन।
सिथाबिले मथेको मुद्दामा अदालतले प्रस्ट रूपमा भन्यो कि जन्मसिद्ध रूपमा प्राप्त नागरिकता कुनै व्यक्तिको रोजाइ होइन, त्यो उसको अस्तित्वसँग जोडिएको अधिकार हो, जसलाई जबरजस्ती छोड्न लगाउनु अन्याय हो।
झापाजस्तो सानो जिल्लामा मात्रै ११ राजमार्ग सञ्चालनमा छन्। कर्णालीमा भने अझै पनि यातायात कठिन छ। नेपालमा १२६ वटा तारे होटेल छन्, तर कर्णालीमा एउटा पनि छैन।
एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्।
अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।
न्युयोर्क सिटीको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पद मानिन्छ। राष्ट्रिय राजनीतिमा हाम फाल्नेका लागि यो सबैभन्दा गतिलो ‘ट्रान्जिट स्टेसन’ हो।