हाम्रो राजश्व र अर्थतन्त्रका सीमा छन्। बाह्य सहयोग लिनुपर्ने हाम्रा चुनौती छन्। यी सबै विषयमा हामी कसरी डिल गर्छौं, छिमेकी तथा अन्य शक्ति राष्ट्रहरूसँग हाम्रो सम्बन्ध कस्तो रहन्छ?
यो संविधान लेख्न धेरै योगदान गरेका दलहरूले अब घोषणा गरिएको चुनावमा जानबाट हच्कन हुँदैन। अर्को द्वन्द्वको खेतीपाती गर्ने हो भने त्यसले ठीक ठाउँमा लैजाँदैन।
निराश मान्छेले नै हो नायक खोज्ने। अराजकता कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्।
सिंहदरबार सजिलै छिर्न सक्ने, देशका ‘ठूला दरबार’मा सहजै पहुँच पाउने र नेताहरूसँग सजिलै भेटघाट गर्न सक्ने एउटा ‘सर्कल’ले हाम्रा नेताहरूलाई गलत ढंगले प्रभाव पारिरहेको छ।
सडक र रेलमार्ग बनाइयो तर यात्रु भएनन् भने के गर्ने? सवारी साधनमा हालेर लैजाने सामानहरू नागरिकसँग भएन भने त घाटामा खाली डब्बा मात्र कुदाइरहने? विकासले नाफासँगै समग्र सभ्यताको ख्याल गर्नुपर्यो।