AnonymousUser

Logout

पहाडको सामाजिक अव्यवस्था र दिगो घरेलु अर्थतन्त्रको अवसान

एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्।

बदलिँदो शिक्षा: जब एआईले कक्षाकोठा कब्जा गर्छ

अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।

आप्रवासीले हाँक्दैछ अमेरिकाको दोस्रो शक्तिशाली कार्यकारी बागडोर

न्युयोर्क सिटीको मेयरलाई अमेरिकी राष्ट्रपति पछिको ‘सेकेन्ड मोस्ट पावरफुल एक्जेक्युटिभ’ पद मानिन्छ। राष्ट्रिय राजनीतिमा हाम फाल्नेका लागि यो सबैभन्दा गतिलो ‘ट्रान्जिट स्टेसन’ हो।

विशेष महाधिवेशनले पुरानै अनुहार ल्याउँछ

२०७३ सालयता कांग्रेसका सम्पूर्ण भातृसंस्थाका नियमित महाधिवेशन हुन पाएका छैनन्। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई ध्वस्त बनाएको छ।

जेन–जी पुस्ता, लोकरिझ्याइँ र अबको बाटो

दलहरूले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सवाललाई पन्छाउँदा लोकरिझ्याइँलाई हतियार बनाएर दक्षिणपन्थी  शक्तिको उदय हुनसक्छ जसले लोकतान्त्रिक पद्धतिसँगै गणतन्त्र, संघीयता, समावेशी संरचना र धर्मनिरपेक्षता जस्ता उपलब्धि संकटमा पार्नेछ।

सिंहदरबार जल्नुका अनेक कारण होलान्, तर…

सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।

हात्तीलाई मानिसझैँ क्यान्सर किन लाग्दैन?

हात्तीजस्ता ठूला जीवले क्यान्सर प्रतिरोधी जिनको संख्या बढाएर यो खतरालाई टारे। मानव प्रजातिमा सीमित आनुवंशिक विविधताका कारण त्यस्तो बलियो सुरक्षा संयन्त्रको विकास हुन सकेन।

हराए-चोरिएका कला फिर्ती र तिनको संरक्षण

बिदेसिएका नेपाली कलाकृतिको पुनरागमन जति सुखद छ, त्यसको प्रक्रियागत व्यवस्थापकीय पक्ष त्यतिकै चुनौतीपूर्ण छ। फिर्ता आउने क्रममा रहेका कलाकृति ढुवानीका लागि बजेट अभाव भएका उदाहरण पनि छन्।

चप्पल लगाउँदा कुटिने जेन–जीबारे थाहा छ?

चप्पल लगाउनसमेत त्राहिमाम् हुनुपर्ने जेन–जीको आत्मसम्मानबारे बालुवाटारतिर प्रधानमन्त्रीका अघि उपरखुट्टी लगाउने अवसर पाउने जेन–जीलाई थाहा छ कि छैन? चासो छ कि छैन?

बरु विद्रोह नै होस्, महाधिवेशन मंसिरमै होस्

केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।

‘सिंगल प्यारेन्टिङ’ र यौन-स्वास्थ्य शिक्षा

माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा बच्चालाई आवश्यक नियम र मर्यादाका कुरा सिकाउन बिर्सिरहेका हुन्छन् कतिपय अभिभावक।

आयोग खारेजीले भूमिहीनमा बढाएको निराशा

सरकारले हतारिएर भूमि आयोग खारेज गरेपछि झन्डै ६० लाख भूमिहीन नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बसोबास गरेको जग्गाको कानूनी अधिकार लिने अभियानमा ‘ब्रेक’ लागेको छ।

सडकले देखाएको समाजको ऐना

ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

जेनजी विद्रोहपछि झनै सुस्त बजार

त्रासपूर्ण वातावरणका कारण निजी क्षेत्रले कर्जा लिने हिम्मत तत्काल नदेखाएकाले बैंकमा तरलता झनै थुप्रिएको छ। बैंकहरूले ब्याजदर क्रमिक रूपले घटाउँदै लगेका छन्, तर यसले कर्जाको माग बढाउन सकेको छैन।

फुकुयामाको सुशासनको मोडलमा ‘जेनजी’अघि र पछिको नेपाल

राणाकाल, पञ्चायतकाल र पुराना नेताले चलाएको लोकतन्त्रमा संरक्षक-ग्राहक सम्बन्धले सुशासनलाई बिगारेको छ। राणाकालमा संरक्षकका रूपमा राणाहरू हुन्थे र ग्राहकका रूपमा भारदार, कर्मचारी र व्यापारी हुन्थे।

नायक–खलनायकको धर्सो, सरकारका ५ चुनौती

आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ।

फैलँदो सर्वसत्तावाद: प्रतिरोध गरौँ

औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा  एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।

विकल्प: सर्वव्यापी, समूल रूपान्तरण

केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारक तत्त्व हो।

जेन–जी आन्दोलन

देशले के पायो, के गुमायो?

असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।

राजनीतिक दलको पुस्तान्तरणमा लैंगिक दृष्टि

नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री हुनु केवल लैंगिक उपलब्धि मात्र होइन, सामाजिक पुरुषवादी मानसिकता परिवर्तनको शुरूआत पनि हो।