जंगलमा अवसर पाए बाघले मृग मार्छ, मृगले पाए जंगल छेउको बारीको मकै भुसुक्कै पार्छ। फुटबलमा रोनाल्डोले अवसर पाए गोल हान्छन्, आर्थिक र अन्य अवसरका लागि टिम समेत बदल्छन्।
उपनिर्वाचन अर्थात् संसद्मा जम्माजम्मी ३ सिट यताउता हुने परिघटना। यही एउटा घटना दशकौँ लामो इतिहास बोकेका प्रमुख पार्टीहरूकै जग हल्लाइदिने धक्का कसरी बन्यो?
आजका नेताहरूमध्ये हिजो कसैले बन्दुक बोक्नुभयो, कोही आन्दोलन गरेका कारण जेल बस्नुभयो। तर, देश बनाउनका लागि जुन भिजन र मिसन चाहिन्छ, उहाँहरूमा त्यो थिएन।
तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ जसले लोकतन्त्र र राजनीतिलाई लामो समय प्रभावित गर्ने छ। के हुन् त, स्वर्णिमको विजयोन्मुख नतिजाका सन्देश?
सहकारीका सिद्धान्त र विश्वव्यापी मान्यता छन् जसले राज्यको ‘कम्पन’ सकेसम्म कम हुनुपर्छ भन्छन्। अर्थात् राज्यले सहकारी नियन्त्रण गर्ने होइन। तर, अवधारणाअनुसार सहकारी चलेका भए अहिलेको समस्या आउँदैन्थ्यो।
३० वर्षको अवधिमा देश र समाज मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो। ३० वर्षअघि देशमा तीन हजार किलोमिटर मात्र गाडी कुद्ने सडक थियो, आज त्यो 'तन्केर' ८० हजार किलोमिटर छ। डेमागगहरू त्यो कुरा गर्दैनन्।
आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।
एकथरी मान्छेहरू चाङ लागेको समस्याको समाधान खोज्दै हुन्छन्। अर्कोथरी तिनै मान्छेलाई खोजी–खोजी तिनकै समस्या बेच्छन्, केही थान सपना त्यसमै थपेर। मान्छे उनका कुरामा बहकिन्छन्, चिप्लिन्छन्, चुन्छन्।
जबसम्म सत्तासीनहरू राष्ट्रिय सम्पत्ति भनेको आफूले अंशमा पाएको बपौतीजस्तो व्यवहार गर्छन् र त्यसलाई बाँड्नु नै आफ्नो अधिकार भएको ठान्छन्, तबसम्म यो फगत बहसको विषय मात्र बनिरहन्छ।
समाजको चरित्र यस्तो रहेछ, जसले कुनै कुरा बिर्सन दिँदैन। रेकर्ड राखिरहन्छ। कोही आफ्ना वा गाउँका मानिसलाई चिनाउँदा पनि ‘चौकीमा सुई लगाउँदा बितेको टिचर थिइन् नि, उनकी छोरी’ भनेर चिनाउने क्रम अझै जारी छ।
प्रणाली स्थापना गर्न खोज्ने केही सदाचारी कर्मचारीहरू हुँदै नभएका भने होइनन्। मरुभूमिमा पानीका थोपाझैँ देखिन्छ तिनको हैसियत।
जातकै आधारमा विद्यार्थीहरूले भोगिरहेका छुवाछूतका घटनामा दलका विद्यार्थी संगठन सधैँ मौन देखिन्छन्। अग्रगामी सोच बोक्ने भनिएका विद्यार्थी संगठन यस्ता मुद्दामा मौन बस्न मिल्छ?
संस्थागत विद्यालयका विद्यार्थी बिरलै विद्यालय छाड्छन्, तर सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालय छाड्ने दर धेरै छ। भर्ना अभियानले यो समस्या समाधानमा पहलकदमी गरे पनि उपलब्धि हासिल हुन सकेको छैन।
गर्भ प्राकृतिक विषय भएकाले महिलाहरू समाजको परिधिभन्दा बाहिर गएर समेत बच्चा पाउँछन् या पाउन पुग्छन्। महाभारत कथामा कुन्तीले पाँच पाण्डव र कर्णलाई परिवारको परिधिभन्दा बाहिर गई जन्म दिएकी छन्।
राजा, मन्त्री, रथी, महारथी र मुखियाहरूको चर्चालाई मात्रै कुनै देश र समुदायको इतिहास ठानिने प्रचलन आफैँमा एक कपट हो। त्यसो हुँदा देशको वास्तविक अतीत र निकट वर्तमान बुझ्न इतिहासको पुनर्लेखन हुनुपर्छ।
भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”
लोकतान्त्रिक राजनीतिको स्पेसमा हालीमुहाली चलाउँदै आएको नेपाली कांग्रेस र अहिले उसलाई चुनौती दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गौण भएका छन्, गगन र स्वर्णिम प्रधान।
भैरवले भने, 'सिधा, सरल र स्पष्ट बीपी। उनले बोलेको कुरामा शंका नै गर्न नपर्ने। एकाध कुरा होलान्, जुन बीपीले परिबन्दका कारण बोलेनन् होला। बाँकी केही छोडेनन्।'
८० को दशक हाम्रो आर्थिक व्यवस्थाले दशकौँ झेल्दै आएका संरचनात्मक समस्या सुल्झाउने र द्रुत आर्थिक विकास 'अनलक' गर्ने दशक बन्न सक्छ।
हामीलाई यसरी गलाइसकिएको छ कि हामी हैरान भइसक्यौँ। आफैँ कमजोर भएको अवस्थामा न्यायका लागि लडिरहेका हामी स्वयं थकित भइसक्यौँ।