केही वर्षयता चीनको प्रभाव मत्थर पार्न अमेरिका र भारतले पूर्वाधार निर्माण रणनीतिलाई कूटनीतिको अभिन्न अंग बनाएका छन्। भारतको यही रणनीतिले नेपाल अब जटिल तरिकाले भारतसँगै जोडिन पुगेको छ।
अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी र इटलीलगायत आर्थिक सहयोग र विकास संगठनका देशमा ‘पर्फमिङ बजेटिङ'को अभ्यास हुन्छ। कार्यान्वयन नभएका कार्यक्रम खारेज गरिन्छ, भएकालाई अघि बढाइन्छ।
सुडान घोटाला र साढे ३३ केजी सुनकाण्ड यस्ता परिघटना हुन्, जो नेपाल प्रहरीको छवि र गति दुवैका निम्ति ‘कालो अध्याय’ जस्तै बने। त्यसबाट मुर्झाएको प्रहरीमा प्राण भर्ने घटना बनेर आयो, शरणार्थी प्रकरण।
माओवादीका कोही पनि नलपेटिने देखेपछि प्रधानमन्त्री दाहाल अनुसन्धान अघि बढाउन उत्साही भए। कांग्रेस सभापति देउवाको चासो/चिन्ता श्रीमती आरजु राणा देउवा पनि तानिने हो कि भन्नेमै सीमित देखिन्थ्यो।
दुई दशक अगाडिसम्म महिलाहरू प्राय: घरायसी श्रमिक र सेविकाको भूमिकामा देखिन्थे। तर, अहिले केही हदसम्म बदलाव आएको छ। सार्वजनिक जीवनमा महिलाको उपस्थिति बढेको छ।
संक्रमणकालीन न्यायको चरित्र सैद्धान्तिक रूपमा राजनीतिक र व्यावहारिक रूपमा न्यायिक हुन्छ। राजनीतिक र न्यायिक प्रक्रियालाई समायोजन गर्न सकेमा संक्रमणकालीन न्यायिक प्रक्रिया प्रभावकारी हुन सक्छ।
'संवैधानिक सभाको चुनाव गराउँछु' भनेर जनतासँग वाचा गरेका त्रिभुवनले अन्ततः धोका दिए। जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई तीन चार महिनासम्म महेन्द्रले सत्ता दिनै मानेनन्।
देश बनाउन शिशिर योगी र डा. विश्वनाथ 'प्रेम'ले खोजेजस्तो 'एउटा मानिस' होइन, आमूल परिवर्तनको हुटहुटी भएका थुप्रै मानिस आवश्यक पर्छ। एउटा मानिसले केही फरक त पार्न सक्ला, तर, त्यो पर्याप्त हुँदैन।
बच्चा जन्माउने विषय सधैँ दम्पतीको वशमा हुँदैन भन्ने मजासँग जान्दछु। बच्चा जन्माएर जीवन सार्थक हुने र बच्चा नहुँदा जीवनमा अनर्थ र अपूर्ण हुने कुरा मान्दिनँ।
राजनीतिमै यति धेरै रोचक घटना-परिघटना घटिरहेका र जनता आनन्दित, प्रफुल्लित भइरहेका हुँदा यस बुलेटिनमा छुट्टै मनोरन्जन विधाको सामग्री समावेश गरिएको छैन।
आफ्नो समाज, संस्कृति, परिवार, घरबार, माटो छोडेर पराई ठाउँमा जाने कुरा सबैका लागि कठिन हो। तर कोही अवसरकै लागि नक्कली शरणार्थी बन्छ भने, त्यसले विश्वको हरेक सक्कली शरणार्थीको अपमान गरिरहेको हुन्छ।
प्रचण्डपथमा सम्पूर्ण राजनीति हिँड्दा मध्यदक्षिणपन्थ (सेन्टर राइट) को स्पेस पूर्ण रूपमा खाली हुन गयो, जबकि कुनै समाज र राजनीति सन्तुलित हुन मध्यवामपन्थसँगै मध्यदक्षिणपन्थ पनि चाहिन्छ।
पहिला प्रहरीले मुचुल्का नै फरक लेख्यो। जसले शव निकालेका थिए, उनीहरूको कुरा नै राखेन। डाक्टरहरूले पोष्टमार्टम रिपोर्टमाथि नै चलखेल गरे। घटनामा प्रत्यक्ष रूपमा नेताहरूकै संलग्नता रह्यो।
देश विकास हुन नसक्नु र युवा रित्तिँदै जानुको कारण यो काम गरेबापत, मेरो भाग कति? भन्ने मानसिकता हो। पियनदेखि प्रमसम्म सबैको पहिलो प्राथमिकता र चासो नै मैले कति पाउँछु वा के पाउँछु? भन्ने देखिन्छ।
सामाजिक अपेक्षाहरू तीव्र रूपले बढेका छन्। त्यस्ता अपेक्षाको सम्बोधन गर्ने सवालमा लोकतान्त्रिक प्रतिष्ठानहरूको दायरा सीमित छ। त्यही दरारका बीच 'दुष्ट'हरू जन्मिरहेका छन्।
२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।
सरकार आफैँ निजगढको ठूलो प्राकृतिक जंगल मासेर निजगढ विमानस्थल बनाउन कस्सिएको छ, जसको प्राकृतिक भरण पोषण प्राय: असम्भव छ।
नाम कमाएका कथाकारहरू संसारको सबै उज्यालो आफ्नै अनुहारमा परोस् भन्ने चाहन्छन्। तिनलाई कथाले दुख्छ, तर ती कथा आफ्नै क्यामेराबाट खिचिएको हुनुपर्छ भन्ने ठान्छन्। यो कस्तो ‘क्लासिक’ दुखाइ!
हामीकहाँ ७६१ वटा सरकार छन्। यी सबै सरकारले आर्थिक वर्ष शुरू हुनुअगाडि नै बजेट ल्याउँछन्। बजेट नै ती सरकारहरूको वित्तनीति हो।
प्रमलाई कुरोग्राफरको प्रश्न– '३ दलका शीर्ष नेताहरूको लगालग बैठक चलिरहेका छन्। आपसमा मिलेर 'भीआईपी' पर्सन्स अफ इन्ट्रेस्टलाई बचाउन, फसिसकेकालाई अझै फसाएर मुद्दा रफादफा गर्नतिर लागेको भन्न थालिएको नि?'