हामी महिनावारी तथा छाउ नबार्दा देउता रिसाउनेमा सतर्क छौँ। पूँजीवादी बजारवादले तय गरिदिएका सौन्दर्य मापनमा आफूलाई समाहित गराउने सवालमा पनि हतारमा छौँ।
समाजमा जुन किसिमको अराजकता र दण्डहीनता मौलाइरहेको छ, जानाजान समाजलाई यो अवस्थामा पुर्याउने पार्टी र नेता दोषी हुन्। तर पार्टीहरूलाई यसमा रतिभर चासो र सरोकार देखिँदैन।
स्थानीय समुदायमा हुने सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक समारोह, बिहे, वनभोज आदिबाट निस्कने फोहोरको व्यवस्थापनमा ती कार्यक्रममा सहभागी तथा त्यस क्षेत्रका सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ।
नयाँ सभामुखले संसद्का बैठक सञ्चालन गर्नुपूर्व परामर्श र छलफल नगरेकै कारण अहिले यी प्रश्नहरू उठेका हुन्। संसद्मा रहेका विभिन्न दलले सभामुखमाथि शंका गरेका हुन्।
राजनीति केबल सत्ता र भागबन्डामा केन्द्रित भयो भन्दै 'त्यसलाई बदल्न' १० वर्षे युद्ध लडेर आएको माओवादीसमेत यसैमा चुर्लुम्मै डुब्नुले राजनीतिले बेथितिबाट पार पाउन अरू धेरै समय पर्खनु पर्ने देखिन्छ।
नेपालको जनगणना २०७८ को प्रतिवेदनले तराई र मधेश प्रदेशका जिल्लाहरूमा साक्षरता प्रतिशत अन्यत्रभन्दा न्यून रहेको देखाएको छ। तिनै जिल्लामा मिटरब्याजको समस्या सबैभन्दा बढी देखिनु संयोग मात्र होइन।
मेरो पुस्तालाई आन्दोलनले के सिकायो भने कम्युनिस्ट भनेको मुक्तिदाता हो। हामीले अनेक पटक भन्यौँ र लेख्यौँ होला। पछुतो के लाग्छ भने सो अभिव्यक्तिमा ठूलो ठालुपन छ।
विख्यात साहित्यकार मिलान कुन्देरा सुन्दर वा 'स्वर्ग'को सपना मनुष्यको सबैभन्दा पुरानो सपना हो भन्छन्। यसका निम्ति स्रष्टा मात्र होइन, यस्तो सपना देख्ने सबैले आफ्नो आलोचनात्मक विवेकलाई समृद्ध गर्नैपर्छ।
एक दिन शिक्षकले उपाध्यायलाई जंगलको बाटो हुँदै गाडीमा लिएर गए। बाटोको बीचमा भव्य महल भेटियो। महलको ठूलो बैठकको सोफामा कोही बसिरहेका थिए। तिनी रुसी कम्युनिस्ट पार्टीका महासचिव ब्रेज्नेभ थिए।
मानिसहरू कुनै आख्यानका आधारमा बाह्य र भित्री संसारसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। तर, जब दैनिक अनुभव र आख्यान एकापसमा मेल खान छाड्छन् तब उसलाई मानसिक समस्याले सताउन थाल्छ।
विभिन्न संयोगहरूबाट ‘भाग्यमानी’ साबित प्रधानसेनापति प्रभुराम शर्माका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनमा अचम्मको हुटहुटी सवार भएको देखाउँछन्।
बृहत् नेपाली शब्दकोषले २०७९ साल समापन हुँदैगर्दा ‘ढोक्सा’लाई वर्ष–शब्द घोषणा गर्नुपर्छ, किनकि ओलीले प्रचलित बनाएको यो शब्दले राजनीतिक, सामाजिक र भाषिक वृत्तमा अद्भूत तहल्का मच्चायो र हलचल ल्याउँदै छ।
गत वर्ष केबल ३७ हजार ८ सय ६१ बिरामी पत्ता लागे। भन्नुको मतलब उनीहरू उपचारको दायरामा आए। अझै पनि करिब ३२ हजार क्षयरोगका बिरामी उपचारको दायरामा आएका छैनन्।
आजको नेपाली क्रिकेट टिम लोभलाग्दो गरी समावेशी छ। जसको जितले देशका हरेक समुदायले अपनत्व र गौरव महसुस गर्न पाएको छ।
हिउँले हरेक वर्ष सानाठूला दुर्घटना निम्त्याइरहेको हुन्छ। यस्तो थाहा पाउँदापाउँदै पनि हामी हिउँसँग खेल्न मन पराउछौँ। तर हिउँले सुखभन्दा बढी दु:ख निम्त्याउँछ।
संविधान मस्यौदाको क्रममा, मौलिक 'र' को सट्टा दुर्भावनापूर्ण 'वा' राखिएको थियो। यही हेलचेक्र्याइँको उपज हो संविधानको धारा ७०।
एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।
प्रकृतिको कार्यप्रणालीलाई साधनको भुक्तानीबाटै सम्मान गर्नुपर्छ, तब मात्रै आउँदै गरेको जलवायु महासंकटका साथै पर्यावरणीय संकट एवं पुँजीवादी शोषणको जोखिमबाट समग्र मानव समाजले मुक्ति र स्वतन्त्रता पाउँछ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा धेरै जनाविरुद्ध उजुरी परेको छ। दुई आयोगमा परेका ६६ हजार उजुरीमध्ये तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्ध पनि कारबाही हुनसक्छ।
हाम्रा अपेक्षा धेरै हुँदैनन्। कसैले आफैँले खनेको खाल्डो पुर्दा वाहवाही कमाउँछ, गाडी लेनमा चल्दा अचम्म हुन्छ, सांसदले बोल्नैपर्ने कुरा बोल्दा धाप भेट्छ, सरकारी कर्मचारीले घुस नलिए मिसाल बन्छ।