पुरातनपन्थी, सामन्ती पृष्ठभूमिका व्यक्ति र भ्रष्टाचार गर्न पाएका पुराना कर्मचारीहरू जहिले पनि पुरानो समय र व्यक्तिको गुणगान गाउँछन्।
भोलिका दिन आरोपितको अपराध पुष्टि भएमा उनले यसबीच गरेको राष्ट्रको प्रतिनिधित्व, पीडितमा परेको असरलगायतको जिम्मेवारी कसले लिन्छ?
पञ्चायतभन्दा अहिलेको वर्णशंकरतन्त्र तुलनात्मक रूपमा ठीक छ। कमसेकम मान्छेले बोल्न पाएका छन्। भ्रष्टाचार आज पनि छ, त्यो राणाशाही र पञ्चायती शासनकै परम्पराको निरन्तरता हो।
खानुभयो, बोल्नुभयो, सोध्नुभयो, बताउनुभयो प्रकारका सामग्री आजको सूचना प्रविधिको युगमा समाचार होइन, अपवादलाई छाडेर सूचना मात्र हुन्।
संघीयताको अहिलेसम्मको अभ्यासलाई सन्तोषजनक नै मान्नपर्छ। तर संघीयताको पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन। त्यसैले अपेक्षितरूपमा काम हुन सकेका छैनन्।
दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ।
सर्वसाधारणदेखि राष्ट्रपति नै गुणस्तरहीन बजारबाट पीडित भइरहेका छन्। उपभोक्ताको जीवनमाथि यस्तो खेलबाड भइरहँदा राज्यका शक्तिशाली मान्छे पनि बजारको बेथितिबाट सिर्जित असुरक्षाबाट मुक्त छैनन्।
सि जिनपिङले राष्ट्रपतिको तेस्रो कार्यकाल शुरू गर्दा चीनभित्र र बाहिर स्थिति अनुकूल छैन। चीन र दक्षिण एशियामा भएका भूराजनीतिक बदलावले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र विकासमा चुनौती ल्याउन सक्छन्।
हरेक आर्थिक क्रियाकलापमा हुने मूल्य अभिवृद्धिको योग गार्हस्थ्य उत्पादनमा जोडिन्छ, तर चुरोट, खैनी वा गुट्खा कम्पनीले पारेको पर्यावरणीय, सामाजिक र स्वास्थ्यमाथिको असर गणना भने गरिँदैन।
हामीसँगै कृषि स्नातक गर्नुभएका लगभग ७० प्रतिशत साथीहरू अध्ययनका क्रममा अमेरिका पुगेका छन्। धेरैले विद्यावारिधि सम्पन्न गरेर अमेरिकी कृषि विकासमा राम्रो योगदान गरेका छन्।
'सम्पूर्ण जनताको पीडा मर्का हाम्रो पनि पीडा मर्का हो, हिजो जे भयो, त्यसका लागि हामी पनि जिम्मेवार छौँ' भनेर विनम्रतापूर्वक जनतासमक्ष माफी माग्नुपर्छ।
विज्ञान पढाउने तर विज्ञान नबुझ्ने ती शिक्षकलाई मैले भनेँ, 'जेसुकैको होस्, धुवाँ भनेको धुवाँ नै हो। स्वास्थ्यका लागि हानिकारक हुन्छ, वातावरण प्रदूषित पार्छ।'
प्रश्नहरू मनुष्यको अस्तित्व, गरिमा र सौन्दर्यसँग जोडिएका छन्। प्रश्नहरू नै स्वतन्त्रता, समानता र सामाजिक न्यायका जननी हुन्। प्रश्न गर्नु मनुष्य जिउँदो हुनुको प्रमाण हो। मुर्दाहरूले प्रश्न गर्दैनन्।
कुनै कालखण्डमा इस्पात, एल्मुनियम, विद्युतीय उपकरण आदिमा वर्चस्व कायम गरेका अमेरिकी उद्योग अहिले टाट पल्टेर बन्द भएका छन्। त्यसो हुँदाहुँदै पनि विगत ५ दशकमा सबैभन्दा न्यून बेरोजगारी छ अमेरिकामा।
हारको कालो बादल मात्र मडारिइरहेको चुनावमा उम्मेदवार हुन अरुचि देखाएका रामचन्द्रले १४ वर्षको ‘वनवास’पछि जितका लागि चाँदीको घेरा मात्रै देखिएको चुनावमा उम्मेदवार हुँदै राष्ट्रपतिमा निर्वाचित भएका छन्।
नेपालको पहिलो र दोस्रो राष्ट्रपति निष्पक्ष भएनन् भनेर प्रशस्त आलोचना भएका छन्। तेस्रो राष्ट्रपति उक्त परम्परा तोडी निष्पक्ष रूपमा राष्ट्रको अभिभावक बनून् भन्ने अपेक्षा सबैतिर छ। तर, के त्यसो हुनसक्ला?
रविको सट्टा कुनै रविना लामिछानेले 'मेरो एउटा श्रीमान् थियो, सम्बन्ध राम्रो थिएन। अर्को प्रेमी थियो, उसबाट बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए के हुन्थ्यो होला?
संविधानले प्रदान गरेका वंशीय अधिकारको व्यावहारिक कार्यान्वयन अहिलेको चुनौती हो। अधिकार उपभोगमा समानता कायम गर्नेतर्फ महिला आन्दोलन अगाडि बढ्नुपर्छ।
'नेताहरूले रिट दर्ता नगर्न दबाब दिइरहेकै थिए, प्रहरीले निरन्तर मेरो निगरानी गरिरहेको र लोकेसन ‘ट्रेस’ गरेको थाहा पाएपछि सचेत हुनुपर्यो। मोबाइलसमेत 'स्विचअफ' गरेर बस्नुपर्यो।'
‘नेताहरूले द्वन्द्वपीडितलाई मान्छे नै ठानेनन्। सर्वोच्चको पछिल्लो आदेशले हामीलाई थोरै आशा दिएको छ, यसले पीडितको न्यायका निम्ति दबाब दिएको छ।’