जन्मेपछि एकदिन मर्नु त छँदैछ। चेतनशील प्राणी भएकाले जन्म र मृत्युबीचको छोटो क्षणलाई कसरी बिताउने भन्ने कुरा धेरै वा थोरै मात्रामा हाम्रै हातमा छ।
माछामासु नखानेले समेत आफ्ना मांसाहारी आफन्त र परिवारसँग बसेरै चाडको मजा लिएका छन्। मासु खान पशुवध गर्नैपर्ने तथ्यलाई ख्याल गर्दै 'सरल भोजन'मा आफ्नो खुशी र आदर्श भेट्टाउने प्रयास गर्नेहरू प्रशस्त छन्।
दशहराको विस्तारित स्वरूप कोजाग्रत पूर्णिमासम्म हेर्न पाइन्छ। पूर्णिमाको १६ दिनपछि पर्ने दीपावलीलाई ‘सहरैया’ भनिन्छ। ‘धनतेरस’देखि ‘भैया दुज’सम्म चल्ने पाँचदिने पर्व ‘सहरैया’ सकिएको ६ दिनपछि छठ पर्छ।
सन् २०१९ मा गार्डियनमा क्यारोलाइन क्रियाडो पेरेजले उल्लेख गरेअनुसार अहिले पनि कारको डिजाइन पुरुषलाई सहज हुने गरी बनाइन्छ, जबकि महिला र पुरुष दुबैलाई ख्याल गरेर त्यसको डिजाइन हुनुपर्ने हो।
प्रारम्भमा कसैले पाउलो कोएल्हो पढ्छ भने त्यो राम्रो नै हो,तर जीवनभर कोएल्होकै मात्र किताब पढ्छु भन्ने कुरा समस्या हो।
प्रकृतिसँग जोडिएको धर्म मान्ने भएका कारण नेवारले माटो, घर, ज्याबल र आफ्नो ज्यानलाई समेत पूजा गर्छन् र अहिलेसम्म त्यो अभ्यास जारी राखेका छन्।
काठमाडौँ उपत्यकाको समथर भागदेखि डाँडाको शिखरसम्म पाइने जलवायुको भिन्नताले गर्दा यहाँको वनस्पति समृद्ध छ। ती वनस्पतिको अध्ययन–अनुसन्धान र अवलोकनबाट आर्थिककोपार्जन गर्न सकिने ठूलो अवसर छ।
जब सम्बन्धित अल्पसंख्यक समुदायमाथि अन्याय भयो, शाहरुखको अस्तित्वमाथि निशाना साँधियो। त्योबेला उनले उदेकलाग्दो मौनधारण गरे। पहिले सरकारी अत्याचारविरुद्ध बोलेका उनी हालका ज्यादतीबारे मौन नै छन्।
तपाईं चढेको गाडी चालकले मादक पदार्थ सेवन गरेका छन् या तीव्र गतिमा चलाएका छन् भने १०० नम्बरमा फोन गर्दा तुरुन्तै ती चालकमाथि कारबाही हुन्छ।
स्वायत्तता र हस्तान्तरित शक्तिसँगै एउटा सर्वसमावेशी संघीयताले नेपाली समाजको विविधतालाई स्विकार्छ र त्यसलाई अपनाउँछ।
नागी गाउँमा मात्र होइन वरपरको गाउँतिर पनि धानखेती नहुने हुँदा भात खान चाडपर्व नै कुर्नुपर्थ्यो। माघे संक्रान्ति, साउने संक्रान्ति, दशैँतिहार र चैते दशैँमा मात्र हो भात खाने नत्र सधैँ ढिँडो।
संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्।
अशोक राई र सुशीला श्रेष्ठले प्रारम्भिक समयमा राजनीतिमा डोर्याएर ल्याएकी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपति भइन्। तर सुशीला एमाले छाडेको दशकपछि बल्ल संसद्मा पुगेकी छन्।
इजरायलले प्यालेस्टिनीहरूसँग शान्ति स्थापना गर्ने प्रयासलाई पूर्णरूपमा त्यागेको र दशकौँदेखि लाखौँ प्यालेस्टिनीहरूलाई कब्जामा राखेको बारे गर्नुपर्ने आलोचना धेरै छ।
मुलुकको पछिल्लो राजनीतिक परिवर्तनसँग असहमत केही समूह नेपालमा पनि धार्मिक र जातीय विभाजनको बीजारोपण गर्न सक्रिय छन्। धर्मको आडमा राजनीतिक उद्देश्य प्राप्ति गर्ने उनीहरूको धृष्टता छ।
मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।
कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ।
शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टिनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।
शायद दुई हजार वर्षसम्म राज्यविहीन भई अत्याचार सहेर भौँतारिँदै हिँड्नु परेकाले होला, आफ्नै राज्य पाएपछि यहुदी अनुदार देखिएका छन्। त्यो भूमि प्यालेस्टाइनीसँग बाँड्न चाहनुको साटो हडप्न चाहन्छन्।
राष्ट्रप्रेम र राष्ट्रवादको आदर्श भोको पेटले थेग्न सक्दैन। आर्थिक दुरावस्थाको चपेटामा परेका जनताले सधैँ देशको सार्वभौमिकता र भौगोलिक रक्षाको निमित्त रगत बगाइरहन्छन् भन्ने हुँदैन।