AnonymousUser

Logout

विपद्‍पछि मानसिक स्वास्थ्य: गम्भीर विषय, कम चासो

कतिपय मान्छे राम्ररी खान लाउन दिए पीडितहरूले दुःख बिर्सिहाल्लान् भन्ठान्छन्, जबकि आफन्तको बिछोड र त्यसको चोट मान्छेले बिर्सेका हुँदैनन्।

गणतान्त्रिक नेपालका ‘राष्ट्रिय लज्जा’ 

इतिहास बनेका राजाहरूको धङधङी बोकेर हिँडिरहेका लोकतान्त्रिक गणतन्त्रका राज्य सञ्चालकहरूको स्वयंलाई प्राधिकार ठान्ने हुटहुटीले गणतन्त्रलाई नै कलंकको भारी बोकाउन अभिशप्त बनेको छ देश।

बच्चाको हुर्काइमा ‘फादर फ्याक्टर’को अर्थ

बच्चाको जीवन सृष्टि गर्न आमा र बाबुको बराबर भूमिका भएता पनि बाबुले सघाउन मिल्ने बच्चाको स्याहारसुसार र हुर्काइमा समेत लगभग एकल जिम्मेवारी आमाले नै लिएकी हुन्छिन्। 

हिमाल, पहाड र तराईको साझा र संवेदनशील मुद्दा : जलवायु परिवर्तन

प्राकृतिक स्रोत पानीलाई लिएर द्वन्द्वका सम्भावनाबारे भइरहेका विभिन्न अनुमानलाई आधार बनाइ संयुक्त राष्ट्रसंघका महासचिवले संसारका १० ठूलामध्ये ८ हिमाल भएको देश नेपालको भ्रमण रोजेझैँ लाग्छ।

जाजरकोट भूकम्पः नदी आसपासका घरहरूमा बढी क्षति देखियो, थप अध्ययन जरुरी

हामी आइतबार बिहान नलगाड नगरपालिका– १ चिउरे पुग्दा शवहरू उठेकै थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।

२०७२ को भूकम्पयता कहाँ चुक्यौँ हामी? 

विकसित देशमा यही स्तरको भुईंचालो आउँदा अलिकतिसम्म पनि क्षति नहुने, तर हामीकहाँ पूरै बर्बाद हुने अवस्था किन आयो भनेर गम्भीर हुन जरुरी छ। 

आलुप्याजको इतिहास र बहुउपयोगी गुण

प्राचीन कालमा इजिप्टमा प्याजको पूजा हुने गर्थ्यो। त्यसैले प्याजका चित्रहरू पिरामिडको भित्री पर्खालमा र पुराना चिहानहरूमा समेत देख्न सकिन्छ।

गगनलाई पत्र: राजनीतिका नयाँ अनुहारसँग सहकार्य गर्नुहोस्

राजनीतिक बदलाबका लागि हिजो चर्को र उत्तेजक भाषण आवश्यक थियो, तर नेताका चर्का आदर्शवादी भाषणले अब युवाको भविष्य सुनिश्चित हुँदैन।

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।

उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि केही सुझाव

आजको दिनमा निजी क्षेत्रमा राज्यको पूर्ण नियन्त्रण असम्भव प्राय: छ, तर हाम्रोजस्तो मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रको भरमा मात्रै वा निजी क्षेत्रको सुझावका आधारमा मात्रै निर्देशित गरिनु हुँदैन। 

'शहरी र ग्रामीण स्वास्थ्य सेवामा खाडल छ'

शहरी र ग्रामीण परिवेशमा मातृ मृत्युदरदेखि सुत्केरी हुने स्वास्थ्य चौकीलगायत सेवामा ‘ग्याप’ छ। यो स्वास्थ्य सेवामा नपुगेको न्यायोचित पहुँचको सवाल हो। यद्यपि, यो आधारभूत मानव अधिकार हो।

गुटेरेसको नेपाल भ्रमण: हामीलाई के लाभ?

जलवायु परिवर्तनका कारण नेपालजस्ता कम विकसित देश पीडित बन्नु परेको कुरा उठाएका गुटेरेसले पीडितमैत्री तथा नेपाली मोडलको संक्रमणकालीन न्यायमा पनि जोड दिए।

नेपालको वातावरणीय वैभवको पुस्तान्तरण चिन्ता

जापानले माउन्ट फुजी, अमेरिकाले रकी पर्वत श्रृंखला र एल्लो स्टोन नेसनल पार्क तथा तान्जानियाले किलिमन्जारो पहाडलाई सम्मान तथा वैभवका रूपमा प्रस्तुत गर्छन्। यी देशले यसमा प्रशस्त लगानीसमेत गर्छन्।

कोशी सरकारले दिएको सन्देश

घोषणापत्र र विधानमा जे–जे लेखिए पनि हरेक राजनीतिक दलका कार्यक्रम एउटै हुँदा त्यसको फाइदा चौतर्फी रूपमा प्रभुत्व वर्गले लिइरहेका छन्।

‘विशेष समय शीर्ष नेताका लागि हो, अरूलाई बोल्नै दिइँदैन’

विशेष समय जहिल्यै ‘स्थापित व्यक्ति’हरूले मात्र पाएका छन्। महिलालाई झनै दिइँदैन। नयाँ सांसदहरूको अवस्था पनि फरक छैन। यत्ति भन्छु– ‘एभ्रिवान इज इक्वेल, बट सम आर मोर इक्वेल देन अदर्स।’

मोटरसाइकल पछाडि बस्नेका टाउकाचाहिँ फर्सी हुन्?

जति नै 'सुविधा' थपे पनि मोटरसाइकलको यात्रा अन्य साधनको तुलनामा जोखिमपूर्ण छ। राज्य र नागरिकको अकर्मण्यता र अज्ञानताले झनै असुरक्षित बनाएको छ दुईपांग्रे सवारी। 

मध्यपूर्वको हिंसाले नेपाललाई पार्नसक्ने प्रभाव

इजरायली सुरक्षा निगरानीका सबै पूर्वाधार तथा संयन्त्र तहसनहस तुल्याउँदै आतंककारी समूहले इजरायल प्रवेश गरेको घटनाले इजरायल मात्र होइन, विश्व अचम्मित छ।

आजको नेपालका बेथितिका कारकहरू

विधि र थिति प्रभावी हुनुपर्ने ठाउँमा पछिल्लो समय देशमा बेथिति नै बेथिति मात्र किन हाबी भयो भनेर घोत्लिने हो भने मूलतः राजनीतिले बिगारेका क्षेत्रहरू देखा पर्छन्।

दशैँ नोस्टाल्जिया: त्यो दक्षिणा, यो आशीर्वाद

त्यो बेला पैसा कति जम्मा भयो भन्दा पनि ‘चोकोफन’ खान पुग्ने पैसा भए पुग्थ्यो। हाम्रो लागि दशैँको दक्षिणा त्यति नै हुने गर्थ्यो, त्यसमै रमाइन्थ्यो। 

महिलालाई पनि रमाउन मन लाग्छ चाडबाडमा

घरायसी कामको जिम्मा महिलाको मात्रै होइन। यस्तो हरितन्नम सोचबाट हामी निस्केर मात्र पुग्दैन, स्वास्थ्यले साथ दिँदासम्म श्रम विभाजन गरेर सबैले बराबर काम गर्नुपर्छ।