‘वैकल्पिक राजनीति’ले परस्पर विपरीत ध्रुवझैँ देखिने नेपाली आप्रवासी कामदारका दु:ख र समाजका हुनेखाने वर्गका आकांक्षा दुवैलाई अँगाल्न सकेन भने उनीहरूका राजनीतिक चालबाजी किशोरावस्थाका कल्पनाझैँ बन्नेछन्।
हामीले सडकमा अराजकता हुनुपर्छ भनेको पटक्कै होइन। निश्चित समय तोकेर र न्यूनतम शुल्क लिएर सडक व्यवसाय सञ्चालन गर्न दिइनुपर्छ भन्ने माग हो। अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही हो।
कर्णाली प्रदेश अस्पतालमा १५० कर्मचारी दरबन्दीको जनशक्तिले ३०० बेडको अस्पताल चलाएका छौँ। तोकिएभन्दा दुई गुणा बढी समय दिएर सेवा गर्नुपरेको छ। त्यही भएर बिरामको काउन्सिलिङ र जाँच गर्न लामो समय हुँदैन।
समाजमा कैयौँ काव्यहरू रचिएका छन्। सानो हुँदा हामीले सुनेका रहस्यमय र काल्पनिक कथाका पात्रहरूलाई हामी बिस्तारै वास्तविक चरित्रका रूपमा लिँदा रहेछौँ। आस्थाको रूपमा बदलिँदो रहेछ।
चीनको तिब्बतमा रहेका हिमताल विस्फोटबाट नेपाल सधैँ उच्च जोखिममा रहे पनि क्षति न्यूनीकरणका लागि नेपालले द्विपक्षीय जलवायु सूचना आदानप्रदानका लागि पहल नै गरेको छैन।
हरेक विश्वविद्यालयबाट आ–आफ्नो विषयको ज्ञान लिएर विद्यार्थीहरू निस्कँदा उनीहरूले आफ्नो पेटमा आगो लिएर आउनुपर्ने हो। विषयगत क्षेत्र परिवर्तन र विकास गर्ने हुटहुटी लिएर आउनुपर्ने हो।
नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी) अगुवाइको गठबन्धनले सन् २०१४ मा सत्ता सम्हालेयता त्यहाँ मिडियाबारे हरेक दिनजसो बहस जारी छ। विपक्षीहरू आफूलाई ‘मिडियापीडित’ महसुस गरिरहेका छन्।
धीरेन्द्रकृष्ण शास्त्रीको जस्तो अन्धविश्वासको खुलेआम प्रचारले यसै कमजोर नेपालीहरूको आध्यात्मिक विकासलाई थप अवरुद्ध गरेको मेरो मूल्यांकन छ।
आफूलाई प्रतिकूल लाग्नासाथ संसद् विघटन गरिदिने र सरकार बनेको दुई महिनामै सत्ता–सारथि बदल्ने हद्सम्मको प्रवृत्तिले निम्त्याएको अस्थिरता रोक्न सक्ने ‘दूरद्रष्टा’ नहुनुको तारो बनेको छ, संविधान।
संविधानमा मूलरूपमा दुई वटा विभेद छन्। पहिलो, पुरुष नागरिक र महिला नागरिकका सन्तानले पाउने पहिचानमै विभेद छ। दोस्रो, पुरुष नागरिक र महिला नागरिकको परिवार र सम्पत्तिको हक तथा पहिचानमा विभेद छ।
'धार्मिक' भन्नेबित्तिकै चोख्याएर बलात्कार आरोपीलाई समेत राष्ट्रप्रमुखसँगै राख्ने अभ्याससमेत यदाकदा देखिएको छ। निरन्तर भौतिकवाद र धर्मनिरपेक्षताको वकालत गर्नेहरूबाट आजको दिनमा यस्तो अपेक्षा गरिँदैन।
शहर पसी आफ्नो तथा परिवारको जीवनयापन गर्ने सन्दर्भमा कैयौँ परिवारको जीवन फुटपाथसँग जोडिएको छ। कुनै विकल्प नभएपछि, पैसा सकिएपछि या अन्य काममा असफल भएपछि मान्छेहरू जीविकोपार्जन गर्न सडकमा पुगेका हुन्।
९१ वर्षसम्म हिन्दू उच्च जात कहलिएका भारतीय महिलाले आत्मदाह नगर्दा पनि धर्म उल्लंघन गरेको ठहरिएन, तर सोही धर्म र जातका नेपाली महिलाहरूलाई भने भटाभट डढाएर मारियो।
विश्वविद्यालयहरूमा प्राध्यापकको मूल मान्यताभन्दा भिन्न प्रश्नहरू गर्न मनाही छ। बजारभन्दा पर वस्तु उत्पादन गर्ने ठाउँ अर्थात् कार्यस्थल, समाजको गरिबी, आयको असमानता आदिबारे प्रश्न गर्न पाइँदैन।
उत्तरआधुनिक संसारमा कुनै विश्वव्यापी सत्य छैन, छ त केवल आ-आफ्नो भाष्य र कथा। यी चुनौतीहरूको बाबजुद पनि वस्तुनिष्ठताको वकालत गर्नेहरूका लागि केही आशा भने अझै बाँकी छ।
लप्टन देवीबहादुर कुँवर महारानीकी द्वारेसँग प्रेममा थिए। ती द्वारेबाट महारानी र गगनसिंहबीचको अनुचित सम्बन्ध सुनेका थिए। झोँकैझोँकमा यो कुरा प्रचार गरेपछि देवीबहादुरलाई ज्यान सजाय सुनाइएको थियो।
चिकित्सकीय अभ्यासको क्रममा कहीँ त्रुटि भयो होला। पीडित पक्षले केही अनपेक्षित नतिजा वा आशा नगरिएको परिणाम भोगे होलान्। तर कुटपिट, हातपातजस्ता प्रतिक्रिया असामान्य, क्रूर र अस्वाभाविक देखिन थालेको छ।
'नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि!'
एउटै प्रजातिको बिरुवा फरक हावापानीमा हुर्किँदा त्यसका आकार-प्रकार, रसायन तत्त्वको किसिम र आनुवंशिक संरचनामा पनि फरक हुन्छन्। तराईमा पाइने गाँजा हिमालमा पाइनेभन्दा भिन्न हुन्छ।
सुरवीर भनेर चिनिएका नेपालीहरू आज सुरक्षा गार्डको हैसियतमा रहनुचाहिँ दुःखको कुरा हो, कुनै बेलाका वीरको देशको सीमाका दर्जनौँ ठाउँमा घुसपैठ भएको छ। सीमाका संकेतहरू नै भत्काइएका छन्।