AnonymousUser

Logout

बजेट कार्यान्वयनमा किन सधैँ चुनौती?

वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी भएको छ, तर त्यसले हासिल गरेको प्रगतिमा ध्यान दिइएको छैन। यसमा ध्यान दिन धेरै ढिला भइसकेको छ। बढ्दो बसाइँसराइले पहाडी बस्ती रित्तिन थालिसकेका छन्।

दुर्गा प्रसाईं, दशैँको कालो टीका र तातिएको सामाजिक सञ्जाल

निर्मल निवासमा बस्ने ज्ञानेन्द्र शाह र सडकमा जुत्ता सिलाउने भाग्यप्रसाद नेपालीको संवैधानिक हैसियत बराबर छ। तर पाखण्डी समाज ज्ञानेन्द्रलाई आफ्नो शिरमा हात राख्ने हक दिन्छ, भाग्यलाई खुट्टा पुछाउँछ।

कोप–२८ सम्मेलनमा ‘ग्रिन वासिङ’ मुद्दा

सन् २०५० भित्र विश्व अर्थतन्त्रलाई पूर्ण 'डिकार्बनाइज' गरी 'नेटजिरो'मा जान नसके अर्को सदीभित्र छैटौँ आम विलोपनजस्तो अत्यन्त दु:खदायी परिणाम भोग्नु पर्नेतर्फ वैज्ञानिकहरूले सचेत गराएका छन्।

‘नेताहरू डराएका हुन्, गणतन्त्रमाथि खतरा पैदा भएको होइन’

“कुशासनले जनतामा असन्तुष्टि छ। तर असन्तुष्ट जनता असंगठित हिसाबले सडकमा आउँदा वा दुर्गा प्रसाईंले त्यो असन्तुष्टि भजाउने नेतृत्व गर्दा व्यवस्था धर्मराउँछ भन्ने लाग्दैन।”

जमिन कसको?

जमिन ओगटेर त्यतिकै बर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन  खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन।

अबको आवश्यकता: सुविचारित विद्रोह

निराश मान्छेले नै हो नायक खोज्ने। अराजकता कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्।

धार्मिक राजशाही वा निरंकुशता विकल्प हुन सक्दैन

राष्ट्र परिस्थितिजन्य र कतिपय प्रायोजित संकटबाट गुज्रिरहेको छ। तथापि त्यसको निकास पश्चगमन, धार्मिक राजशाही र निरंकुशता हुन सक्दैन। विकल्प गणतन्त्रभित्रै खोजिनुपर्छ।

डल्ला फाल्ने र मुंग्रो घुमाउनेका लागि

टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई चाहिएन फ्लड लाइट! अझ महाभारत पढाइदिनुस् न तिनीहरूलाई, अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए।

जंगबहादुरले यसरी बढाए आफ्नो जात

चित्तौडका कलीन राजवंशका घरानामा आफ्नो जन्म भएको दाबी गर्दै तत्कालीन राजा सुरेन्द्रबाट जंगबहादुरले राणा उपाधि लिन सफल भए। शुरूमा ‘कुँवर राणा’ लेखे पनि उनका सन्तानले राणा मात्र लेख्न थाले।

टिकटक प्रतिबन्ध: भीपीएन प्रयोगले ‘डेटा’ चुहावटको जोखिम

टिकटक छाड्नेहरू अब बिस्तारै यस्तै सुविधाका फेसबुक/इन्स्टाग्रामको रिल, स्न्यापच्याटको स्पोर्टलाइट र युट्युबको सर्ट आदिमा सर्नेछन्। अन्यत्र बसाइँ सरे पनि प्रयोगकर्ताले गर्ने भनेको पहिलेकै ‘काम’ हो।

नेपाली सुनाखरी प्रजाति ५०० भन्दा बढी: संरक्षण र अनुसन्धान भने कम

नेपालमा धेरैजसो सुनाखरी या त खतरामा परेका छन् या त लोप हुने क्रममा छन्। यस्तो हुनुका मुख्य कारणहरू व्यापार, वासस्थानको नास, आगलागी, भौतिक संरचनाको निर्माण आदि हुन्।

मान्छेलाई नै वस्तु बनाउने उपभोक्तावादी संस्कृति

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित 'नेपाल आमाको जय' अंकित टी-सर्ट र फेटा गुथ्दै चर्का राष्ट्रवादका भजन गाइरहेछन् एकथरि मान्छे।

स्वाभाविक मृत्यु स्वीकार्न सिकाउने यमपञ्चक

कुनै न कुनै रूपमा एक दिन काल अवश्य आउँछ र हामी सबैलाई टपक्कै टिपेर लैजान्छ। संसारका सबै मानिस एकजुट भएर लडे पनि मृत्युविरुद्धको युद्ध जित्ने सामर्थ्यको कल्पना गर्नु व्यर्थ छ।

मधेशको भैयादुज: जिअ भइया लाख बरिस

मधेशमा यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुरको पूजा हुँदैन, तर लक्ष्मीपूजाको दिन कमसेकम एक जोर नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यता छ।

देखाउनकै लागि बजार अनुगमन: व्यवसायी र उपभोक्ता दुवै मारमा

आगलागीपछि दमकल छिरेझैँ चाडबाडको बेलामा मात्रै सरकार बजार अनुगमनमा छिर्नु गलत हो। जनतालाई रोजगारीको सहज व्यवस्था गरे सरकारले कडा अनुगमन गर्दा पनि आपत्ति जनाउनुपर्ने थिएन।

सिंगो जीवन नेपाल र नेपालका पुतलीलाई सुम्पेर अस्ताएका पुतली बाजे

अंग्रेजी लवजको मधुरो बोलीमा पुतलीसँग सम्बन्धित सारा जिज्ञासा मेटाइदिने पुतली बाजे अब कहिल्यै भेटिने छैनन्। आफ्नै खोजअनुसन्धानले पुतली बाजेलाई नेपाल र नेपालीमाझ शताब्दीयौँसम्म जीवित राखिरहने छन्। 

कार्ल मार्क्स ‘सेक्युलरिजम’को कुरा गर्दैनन्

चीनमा सबैभन्दा पहिले दैविक वैधानिकताका कुरा आएपछि राजतन्त्र र सम्भ्रान्तहरूको शासनको कुरा आयो। पुरोहित/पोप राजाको अवधारणा पनि त्यसैबाट आएको हो।

विषाक्त लेड: चाडबाडका रङदेखि बच्चाका खेलौनासम्म

लेडको परिमाण धेरै र अलि लामो समयसम्म रहँदा छारे रोग लाग्न सक्छ। पाचनप्रणालीलाई असर पार्ने भएका कारण खानामा अरुचिलगायत समस्या देखिन्छ। रक्तसञ्चार प्रणाली र रक्तकोषिका वृद्धिमा पनि असर गर्छ।

पर्वमा ‘देखासिकी’ प्रकोप: विपन्नको हुर्मत, बजारको रजाइँ

वर्षौँदेखिका पोसाक र उपहार तपाईं हामीमध्ये कैयौँका दराजमा ढुसी लागेर बसिरहेका होलान्, तर हामी ‘यस पटक फलानोलाई के उपहार दिने?’ भन्दै बजार चहारिरहेका छौँ।

'नेपालले भविष्यमा किसान उत्पादन गर्ने प्रयास नै गरेको छैन'

'नेपालको खाद्य उत्पादन ८–१० वर्षदेखि वृद्धि भएको छैन, तर जनसंख्या बढिरहेको छ। त्यसैले खाद्यवस्तु आयात गर्नुपरेको छ। हामी भने आफ्नै खेतबारीमा फल्ने बढी पोषणयुक्त कोदो, फापर छाडेर चामलतर्फ मोडिएका छौँ।'