संविधानले नचिनेको राजनीतिक शब्द 'राजनैतिक सहमति'को आडमा मन्त्रिपरिषद्को निर्णयमार्फत टिकटकमाथि प्रतिबन्ध गर्ने कार्यलाई सामान्य नियमनकारी कार्य भन्न मिल्ने ठाउँ साह्रै कम छ।
चुनावको एक वर्ष नहुँदै दलहरू ‘मिसन ८४’को राग अलापेर बसेका छन्। लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव र सरकारपछि अर्को सरकार गठन भनेर बुझ्नु र बुझाउनु दलहरूको कमजोर चेत र प्रतिबद्धता हो।
‘अहिले नेपाली न्युजरुमहरू परिवर्तनको बाधक बनिरहेका छन्। परम्परागत न्युजरुमहरू वा पुरानो नेतृत्वका नयाँ न्युजरुमहरूमा परिवर्तनसँग एक किसिमको डर देखिएको छ। यो अत्यन्त गम्भीर पक्ष हो।’
अमेरिका आफूलाई संसारमा प्रजातन्त्रको ठेकेदारझैँ सम्झन्छ, तर अमेरिकाकै एडवर्ड स्नोडेन किन भागेर रसियामा बस्नुपरेको छ? जुलियन असान्ज बेलायतमा किन थुनिएर बस्नुपरेको छ?
गुट्खाको परिणाम बडो चिन्ताजनक छ। गुट्खा दोहोरो क्यान्सरको स्रोत हो। मानव स्वास्थ्यलाई त क्यान्सर दिन्छ नै धर्तीलाई पनि कहिल्यै निको नहुने दीर्घरोगी बनाउँछ।
भोजनशैलीलाई बेवास्ता गर्ने, उमेर तथा शारीरिक अवस्थालाई ध्यान नदिने, अत्यधिक प्रशोधित खानेकुरा खाने हो भने भोजन मासांहारी, सर्वहारी, शाकाहारी या विशुद्ध शाकाहारी भए पनि त्यो स्वस्थकर हुँदैन।
औषधिका रूपमा उच्च मागका कारण पदमचालको अत्यधिक व्यापार हुन्छ। निश्चित वासस्थानमा उम्रने र अर्कातिर धेरै प्रयोगका साथै व्यापार हुने भएकाले पदमचालका सबै प्रजाति लोपोन्मुख छन्।
नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।
यसरी हामीले हतारमा जीवनकै कष्टपूर्ण निर्णय गर्यौँ। म र आमा भने साढे दुई वर्षको भाइलाई च्यापेर जंगल पस्यौँ। घरमै बसियो भने सेनाबाट खतरा थियो।
६० लाख साना लगानीकर्ताको अज्ञानताको अनुचित लाभ लिँदै जस्तासुकै कम्पनिले उच्च मूल्यमा प्राथमिक सेयर जारी गर्ने अर्को खेल सुरु भएको छ।
जग्गाको मूल्य बढेर बेलुनझैँ फुलेको छ। सरकारी मूल्यांकनलाई नै आधार मान्दा पनि काठमाडौँ रिङरोडभित्रको निजी जग्गाको मूल्य अर्थतन्त्रको आकारजत्रो पुगिसकेको छ।
फुटबल खेलको समय ९० मिनेट हुन्छ। फुटबल खेलाडीलाई हेर्ने हो भने लामो समयसम्म अभ्यास गरेर ९० मिनेटलाई कसरी सदुपयोग गर्ने भन्नेबारे उनीहरूले योजना र रणनीति बनाउँछन् र नतिजा निकाल्छन्।
जाजरकोटलाई सबैले ‘बनाउने’ भन्न थालेका छन्, तर बनाउने नाममा सिमेन्टका थुप्रो थपथाप पारेर मात्र हुन्न, भूगोलको बनावट र निम्तिने जोखिमबारे गम्भीर अध्ययन पनि हुनुपर्छ।
जलवायुजन्य प्रकोपका कारण ग्रामिण क्षेत्रका विपन्न तथा गरिब परिवारको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्ततिरै छ।
हामीले चाहेको नयाँ संघीय व्यवस्थामा नेता शासक या राजा होइन, सेवक हुनुपर्थ्यो। कमजोर जनता बलियो बन्नुपर्थ्यो। सामूहिकता प्रधान हुनुपर्थ्यो।
गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरिरहेको छ। सोह्रखुट्टे नयाँ बजारनजिकै विष्णुमती नदीछेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ।
शतकौँदेखि मुठ्ठीभरका अभिजात वर्गको कब्जामा कैदी बन्न पुगेको ज्ञान एवं सूचनाको स्रोत र सत्तालाई विज्ञान प्रविधिको क्रान्तिले निम्न वर्गको पहुँचसम्म पुर्याइदिएको छ।
आपत्कालीन उद्धारमा जस्तै प्राकृतिक प्रकोप पीडितको तत्कालीन गाँस, वास र कपासका लागि सरकारले गर्ने नीतिगत नेतृत्व मात्रै हो, कार्यस्थलमा फौजी संरचना नै खटिनु पर्छ।
साहित्य पढ्दा जन्मने आँसु, क्रोध र घृणाबाट पनि सौन्दर्यानुभूति हुन्छ। ओस्त्रोभ्स्कीको 'आग्नीदीक्षा' होस् वा मदनमणि दीक्षितको 'माधवी' वा भीष्म साहनीको 'तमस' पढ्दा होस् हाम्रा आँखा रसाउँछन्।
देशले स्थिरता र विकासको लय समाउनु त कता हो कता, अस्थिरता र असन्तुष्टिका बाछिटा देखिँदै छन्, कुनै राजनीतिक व्यवस्था विशेषलाई दोषी देखाएर जनता उद्वेलित पार्ने दुष्प्रयास हुँदैछ।