AnonymousUser

Logout

हेलम्बु गाउँपालिकाद्वारा पुनः निर्माणमा सहयोग गर्न आग्रह

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको भवन बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन्।

अमेरिकाको फ्लोरिडामा ३ जना अश्वेत नागरिकको गोली हानी हत्या

रंगभेदी घोषणापत्र बोकेका बन्दुकधारीले ‘जनरल डलर स्टोर’मा गोली प्रहार गरेका थिए। हत्या गरिएकामध्ये दुई पुरुष र एक महिला छन्। 

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक ८०० देखि एक हजार १०० लिटरसम्म दूध संकलन हुन्छ। त्यसबाट २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ। 

संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन हुँदै

यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।

एमबाप्पे चम्किदा पीएसजी विजयी

शनिबार राति भएको खेलमा पीएसजीले लेन्सलाई ३–१ गोलअन्तरले पराजित गरेको छ।

मधेश र लुम्बिनीमा हावाहुरी, गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

विपद् न्यूनीकरण गर्न नेपालले बदलिँदो परिस्थिति अनुकूल कदम चाल्न जरुरी: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने बताएका छन्।

अनियमिततामा मुछिएका नेताहरूलाई उन्मुक्ति नदिन बृहत् नागरिक आन्दोलनको खबरदारी

सुनकाण्ड, ललितानिवास प्रकरणलगायतका भ्रष्टाचार तथा अपराधको अनुसन्धान प्रभावकारी नभएको र अनियमिततामा मुछिएका नेतालाई उन्मुक्ति दिन खोजिएको भन्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

ओलीले नियतवश सर्वदलीय बैठकमा सहभागी हुन आफ्नो पार्टीलाई रोकेको माधव नेपालको आरोप

एकीकृत समाजवादीका अध्यक्ष नेपालले सुनकाण्डबारेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यताप्राप्त गरेको छैन भन्ने आधारमा टेकेर एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सहभागी हुन नदिएको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाअन्तर्गतका समिति सभापतिमा आइतबार उम्मेदवारी दर्ता र सोमबार निर्वाचन

प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार संसदीय समितिमा सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र त्यसको सूचना सचिवले ४८ घण्टाअगावै प्रकाशन गर्नुपर्ने प्रावधान छ।

सत्तागठबन्धनले बारम्बार संविधान मिचेको छ : झलनाथ खनाल

एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधानको रक्षा गर्ने भन्ने सत्तागठबन्धनले बारम्बार संविधान मिचिरहेको टिप्पणी गरेका छन्।

जनताले नयाँपन महसुस गर्नेगरी सरकारले कार्ययोजना बनाउँदै छ: मन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी गरिरहेको बताएका छन्।

सामाजिक सद्भाव खलबल्याएर अनियमितता लुकाउने प्रयास भयो: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।

आमाहरूलाई पढाउँदै सेवानिवृत्त शिक्षक

शिक्षाको अवसरबाट वञ्चित भएका आमाहरूलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ।

प्रधानमन्त्रीले देशमा जातीय द्वन्द्व निम्त्याएको शेखर कोइरालाको आरोप

कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने कामको आरोप लगाएका छन्।

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको थियो।

अर्थमन्त्री–गभर्नर सम्बन्धमा फेरि पनि दरार 

साउन २८ को काण्डसँगै अर्थ मन्त्रालयको टिम नै गभर्नरसँग चिढिएको छ। अर्थतन्त्रका सूचकहरूमा सुधारसँगै मन्दी छाएको बेला सकिनेजति पनि खुकुलो नभई गभर्नरले राजनीति गरिरहेको निष्कर्षमा उनीहरू पुगेका छन्।

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, तापक्रम ७५ वर्ष यताकै बढी

दक्षिणी फ्रान्सका केही भूभागमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।

गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ: गृहमन्त्री

संघले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको छ। 

बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

मेलम्ची नदीमा आएको बाढीले शुक्रबार राति हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको बगाएको भवन छ। अन्य विद्यालय भवन पनि जोखिममा छन्।