एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमुल, कलंकी, बागबजार, गंगबु, बानेश्वर लगायतका क्षेत्रबाट पक्राउ गरिएको बताए। नागरिकता प्राप्तिपछि उनीहरू घर–जग्गा किनेर व्यापार–व्यवसाय गरेर बस्दै आएका थिए।
मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
कांग्रेस सांसद आचार्य आइतबार बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त भएका थिए।
‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’मा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएको बताएका छन्।
टेक्सासको डालस शहरस्थित सपिङ मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी कारबाहीमा ती बन्दुकधारीसमेत मारिएका छन्।
खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको प्रमुख शाहले बताएका छन्।
लिसंखु पाखरका वनमा १० वर्षदेखि डढेलो लागेको छैन। फागुनदेखि जेठसम्म देशभरि डढेलोले वन सखाप पार्दा र कतिपय ठाउँमा मानिसको ज्यानसमेत जाँदा लिसंखु पाखरका स्थानीय वन जोगाएर त्यसैबाट आम्दानी गरिरहेका छन्।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको शपथ आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
मे ३ मा मणिपुर उच्च अदालतले गैरआदिवासी मेइती समुदायलाई जनजातिमा समावेश गर्नका लागि १० वर्ष पुरानो सिफारिस कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो। त्यसपछि आन्दोलन उग्र बनेको हो।
यार्सा संकलनका लागि जुम्लाको पातारासीबाट गएका १५ जनामध्ये हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। उनीहरू छ दिन लगाएर मुगुको च्यार्खु लेक पुगेका थिए।
यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आजकै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
गएराति भएको फाइनलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल च्याम्पियन बनेको छ। रियलको जितमा दुवै गोल ब्राजिली विंगर रोड्रिगोले गरे।
व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ।
सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पुनः संसद्बाट विश्वासको मत लिन आवश्यक नपर्ने निष्कर्ष निकालेको छ।
स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सके मात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने कांग्रेस महामन्त्री थापाले बताए।
बेलायतका राजा चार्ल्स तृतीयले लन्डनको चर्चित चर्च वेस्टमिन्स्टर आबीमा आयोजित विशेष समारोहमा राजमुकुट पहिरिएका छन्।
काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७६ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमितको संख्या १३७ रहेको छ। संस्थागत आ…
जसपा अध्यक्ष उपेन्द्र यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने र कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताएका छन्।
सांसद सिंहले आइतबारको संसद् बैठकमा रास्वपा, जनमत, राप्रपा र स्वतन्त्र सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीसहितका व्यक्तिहरूमाथि स्वच्छ छानबिन हुनुपर्ने आवाज उठाउने बताए।