AnonymousUser

Logout

पर्यटकीय हब ठमेल पस्दापस्दै आँखा बिझाउने सञ्चय कोष भवन (भिडियो)

पर्यटकलाई चाहिने र लोभ्याउने हरेक सामान पाइने ‘पर्फेक्ट गन्तव्य’लाई प्रवेशद्वारमै बसेर गिज्याइरहेको सञ्चय कोष भवनको दृश्यले टुरिस्ट गाइडहरूलाई पनि लाजैमर्नु बनाइदिएको छ।

सार्वजनिक रूपमा प्रश्न उठेपछि अध्यागमनका महानिर्देशक अधिकारी गृह मन्त्रालय तानिए

अध्यागमन विभागका महानिर्देशक अधिकारी गृह मन्त्रालयमा तानिए पनि उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे तत्काल निर्णय भइसकेको छैन।

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको छ। 

बुधबार साँझ खुलेको बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। उनीहरूले स्याउ, आलुलगायत उत्पादन बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि पाएका छैनन्।

३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेसन

सिरहाको भगवानपुर गाउँपालिकामा १८ महिनामा सक्नेगरी २०७४ असोज ६ सबस्टेसन निर्माणको ठेक्का लागेको थियो। तर, ठेकेदारको ढिलासुस्तीले तस्रोपटक म्याद थप्दासमेत पूरा भएको छैन।

फुटबल, भलिबलमा अवसर नपाएकालाई रग्बीले पूरा गर्दैछ राष्ट्रिय जर्सी पहिरिने सपना

फुटबल, भलिबलजस्ता खेलका राष्ट्रिय प्रतियोगिता खेलिसकेका र राष्ट्रिय टोलीमा परेर पनि बेञ्चमै बस्न बाध्य खेलाडी अवसरको खोजीमा रग्बी खेल्न आइपुगेका छन्।

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सिग्देल निर्वाचित

नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। 

जीर्ण बन्यो उत्तरपानी प्राविधिक शिक्षालय, मर्मत गर्न बजेट अभाव

२०४० सालमा ८६५ रोपनीमा स्थापित उक्त शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ।

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो

मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षीया मीरादेवी सिंह छन्। बाँकी चार जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

विमान दुर्घटनामा रुसको वाग्नर समूहका प्रमुखसहित १० जनाको मृत्यु

वरिष्ठ रुसी जनरल सर्गेई सुरोविकिनलाई वायुसेना प्रमुखको पदबाट बर्खास्त गरिएकै दिन विमान दुर्घटना भएको हो।

मेस्सीप्रेरित इन्टर मियामी यूएस ओपन कपको फाइनलमा

सिन्सिनाटीलाई टाइब्रेकरमा पराजित गर्दै मियामी उपाधि नजिक पुगेको हो। निर्धारित र अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

तीर्थयात्री चढेको बस बारामा दुर्घटना, ६ जनाको मृत्यु

बसमा अधिकांश भारतीय तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ। उनीहरू पशुपतिनाथको दर्शन गरेर घर फर्किँदै थिए।

पहिरोको जोखिममा छाप्राक, बस्ती स्थानान्तरण गरिदिन गाउँलेको माग

स्याङ्जाको वालिङ–२ ‘छाप्राक’ गाउँ पहिरोको जोखिममा छ। उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत  दिएका छन्।

देशभर चट्याङसहित वर्षाको सम्भावना

बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

घट्यो वैदेशिक व्यापार

मुलुकको वैदेशिक व्यापारमा मुख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमासमेत प्रमुख आयात हुने वस्तुमा परेको छ।

काठमाडाैँमा हुने एशियाली शारीरिक सुगठन प्रतियाेगितामा २५ राष्ट्रको सहभागिता रहने

नेपालमा पहिलोपटक हुन लागेकाे एशियालीस्तरको याे प्रतियोगिता सात दिनसम्म चल्नेछ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

रेलिङ बिनाको पुलबाट खसेको बस पहिलोपटक ढुङ्गाको पहरामा बजारिएर दोस्रोपटकमा मात्रै त्रिशूली नदीमा खसेको देखिन्छ।

संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको लागि रकम छुट्याउँदा स्वार्थ बाझिने आदेशमा उल्लेख छ।

संसदीय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ– संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।  सर्वोच्च अदातलका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह रावतको संवैधा…