अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ। ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
पहिरोले घर भत्किँदा बागलुङ नगरपालिका–६ मैदानका जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएका छन्।
जितसँगै अल–नासर तीन खेलबाट तीन अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ।
कोशी, मधेश, गण्डकी र बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले साउन ३२ गतेदेखि सडक खुलाउने र पहिरो खसेर अवरुद्ध हुने क्रम चलिरहेको बताए।
न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशनरत वैवाहिक बलात्कारपीडित आरतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आफन्तले बताएका छन्।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।
रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।
संसद्को पछिल्लो अवरोध खुल्नुमा प्रधानमन्त्री दाहालको ‘गिरिबन्धु टी–इस्टेट’ प्रकरणमा छानबिन अघि बढाउने अभिव्यक्तिले काम गरेको बुझाइ राजनीतिक वृत्तमा व्याप्त छ। के हो यो प्रकरणको भित्री कुरा?
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको प्रधानमन्त्री दाहालको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
मेयर हर्कराज राईले अपिलमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्।
शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक प्रतिकूल मौसमका कारण स्थगित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।
जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।
डाक्टरका प्रमाणपत्र छानबिन भइरहे पनि इन्जिनियरिङ परिषद्ले नक्कली इन्जिनियरको विषयलाई त्यति महत्त्व नदिएको इन्जिनियरहरूकै गुनासो छ। परिषद्को अहिलेको नेतृत्वले कुनै उजुरीमा पनि अन्तिम निर्णय दिन सकेन।
मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्य रूपमा भुईं तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ।
बैठकले तमोर जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ।