AnonymousUser

Logout

सर्वोच्च अदालतले सोमबारबाट ‘अटोमेसन सिस्टम’ शुरू गर्ने

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न आफूले सोमबारदेखि पेसी, तारिख ‘अटोमेसन सिस्ट‍म’ शुरू गर्न लागेको बताएका छन्।

नेप्से दोहोरो अंकले घटेर १९९३.३८ विन्दुमा सीमित

कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पाँचौँ नम्बरमा पेसी तोकिएको सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार हेर्न नभ्याइनेमा परेको छ।

सरकार ठोस नीति लिएर अघि बढ्न सकेन : झलनाथ खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले बजेट, नीति तथा कार्यक्रम परम्परागत विधिबाट नै ल्याएको र जनताको आवश्यकताका आधारलाई अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाअन्तर्गतका १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवाको उम्मेदवारी परेको छ।

माओवादी केन्द्रले गठन गर्‍यो आईसीटी फोरम

माओवादी कन्द्रको तीनमहिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोगमा भर पर्ने बताउँदै सोही अनुरूप काम गर्न नवगठित आईसीटी फोरमलाई अध्यक्ष दाहालले निर्देशन दिए।

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवुद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षामा एउटै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, शुल्कवृद्धि फिर्ता लिनुपर्नेलगायत सातबुँदे माग राख्दै विद्यार्थी आन्दोलित भएका छन्।

लेखा र महिला समितिमा एमाले तथा पूर्वाधारमा राप्रपाको उम्मेदवारी

पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा तीन अमेरिकी सेनाको मृत्यु, २० घाइते

अमेरिका, अस्ट्रेलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसिया गरी पाँच देशका दुई हजार ५०० सैनिक सम्मिलित ‘प्रिड्याक्टर रन’ तालिमका क्रममा दुर्घटना भएकाे हाे।

केस स्टडी २५ नम्बर वडा : बजेट छैन भन्दै खाजा खर्च तिरेन, भुक्तानी पनि नगदमा

काठमाडौँ महानगरपालिका २५ नम्बर वडा कार्यालयले २५ हजार खाजा खर्च तिर्न गरेको आनाकानी र वडाबाट हुने भुक्तानी नगदमै गरिरहेको उदाहरण स्थानीय तहले अंगालेको अनौठो कार्यशैली देखाउने दृष्टान्त हो।

९ वर्षमा थपियो ३ हजार ११८ किलोमिटर विद्युत् प्रसारण लाइन

लोडसेडिङ अन्त्यपछि नेपाल विद्युत् प्राधिकरणले प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार र सुधारलाई प्राथमिकता दिएको छ। 

ललिता निवास प्रकरणमा किन भएन संगठित अपराधमा मुद्दा दर्ता?

शुरूमा किर्तेमा अनुसन्धान अघि बढाएको सीआईबीले असार १९ मा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गर्दै संगठित रूपमा किर्ते भएको भन्दै संगठित अपराध मुद्दामा अनुसन्धानका लागि अनुमति लिएको थियो।

ललिता निवास प्रकरण: प्रमाण नपुगेकाको हकमा अनुसन्धान गर्ने बाटो खुल्लै

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले प्रमाण नपुगेर प्रतिवादी नबनाइएकाको हकमा प्रमाण पुगेमा पछि अभियोगपत्र दायर गर्ने गरी बाटो खुल्ला राखेको हो।

पूर्वनिर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा चलेन

सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखिएको थियो।

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

यसअघि न्यायाधीश राजकुमार खतिवडाको इजलासले गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश दिएको थियो।

सीआईबीले प्रतिवादी नबनाएका सञ्चारसचिव राउतलाई मुद्दा चलाउने सरकारी वकिल कार्यालयको निर्णय

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर भएको किर्ते मुद्दामा राउतलाई पनि प्रतिवादी बनाइएको छ। 

ललिता निवास प्रकरणः संगठित अपराध भन्दै अनुसन्धान, किर्तेमा मुद्दा दर्ता

जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले किर्ते कसूरमा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जानकारी दिए। 

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध किर्ते मुद्दा दर्ता

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संगठित अपराध र किर्तेमा ५७ दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

ललिता निवास प्रकरणमा मुछिएका दाङका प्रजिअ वैद्य मन्त्रालय तानिए

सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गर्दैछ।

कागबेनी बाढी: करिब १ अर्ब रुपैयाँ बराबरको क्षति

साउन २८ को बाढीले घर, पुलसहितका भौतिक संरचना, स्याउ बगैँचा, सिँचाइ कुलो, पशुचौपाया र खेतीयोग्य जमिनमा क्षति गरेको छ।