AnonymousUser

Logout

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, मिसन ग्रासरुटलगायत १० विषयमा छलफल हुने

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापनलगायत १० कार्यसूचीबारे छलफल हुनेछ।

मानव कल्याण समाजको स्थायित्वमा चाँगुनारायण नगरपालिकाले सघाउने 

मानव कल्याण आश्रमले छ वर्ष अवधिमा ८५० जनाको उद्धार र उपचार गरेर ४०० जनाभन्दा बढीलाई परिवारमा पुनर्मिलन गराएको छ।

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरका किसानले रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती थालेका छन्। लगानी र जनशक्ति कम लाग्ने भएकाले खाद्यान्न छाडेर रुखबिरुवा लगाउन थलेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

१५ वर्षको उमेरमा आन्दोलनमा होमिएका कायस्थ २०६२ चैत २७ गते सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका थिए। 

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको बिछ्या केन्द्रबिन्दु भएर बिहीबार बिहान ५: १५ बजे ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ।

च्याम्पियन्स लिग : इन्टरद्वारा एसी मिलान पराजित

एसी मिलानलाई २–० ले पराजित गर्दै इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

पाण्डेको मोबाइलमा भेटिएको आर्थिक लेनदेनको हिसाब, जसले खाँणलाई हिरासतमा पुर्‍यायो

पाण्डेको मोबाइलमा उनले गिरोहबाट लिएको रकम र त्यसबाट खाँणसँग भएको लेनदेन लगायतका अन्य विवरण पनि फेला परेका छन्। ती सबै प्रमाणलाई प्रहरीले अनुसन्धान प्रतिवेदनमा समेट्ने तयारी गरेको छ। 

इमरान खान पक्राउपछि पाकिस्तानमा चर्कियो प्रदर्शन, करीब हजार प्रदर्शनकारी पक्राउ

पाकिस्तानका विभिन्न शहरमा भएका प्रदर्शनका कारण त्यहाँ ट्राफिक जाम भएको छ। स्कुल र सार्वजनिक स्थानमा तोडफोड गरिएको छ। पूर्वप्रधानमन्त्री खानलाई सरकारले बेपत्ता बनाएको पीटीआईका नेताहरूले बताएका छन्।

नक्कली भुटानी शरणार्थी: कसको भूमिका के थियो?

फर्जी व्यक्तिहरूलाई शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको शुरूआत केशव दुलालबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछि गृहप्रशासनकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम शुरू भएको थियो।

ए डिभिजन लिग : आर्मीविरुद्ध एपीएफको 'क्लिन सिट', मछिन्द्रलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीविरुद्ध लिगका दुवै खेल जितेको छ। बुधबारकै खेलमा मछिन्द्रलाई पराजित गरेको चर्च ब्वाइज लिगको शीर्ष स्थानमा फर्केको छ।

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। खाँण बुधबार नै पक्राउ परेका हुन्।

बजेटमार्फत् कर प्रणालीमा सुधार गर्न महासंघको सुझाव

सुझाव कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि प्रतिस्पर्धी व्यावसायिक वातावरणका लागि संस्थागत आयकरको दर घटाउन आवश्यक रहेको बताए।

नक्कली शरणार्थी प्रकरण: 'फेक अडियो' बनाइएको भन्दै आरजुले दिइन् साइबर ब्यूराेमा उजुरी

आरजु देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर 'फेक अडियो' बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेर बुधबार प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

सामान्य अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २ दशमलव ४३ अंकले घट्दा  निर्जीवन बीमा समूह ३० दशमलव ८३ अंक र उत्पादन तथा प्रशोधन समूह २६ दशमलव ०३ अंकले बढेको छ।

काभा भलिबल : अब्बल प्रतिस्पर्धी, 'बदलाको भावना'मा नेपाल

नेपालले अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्ने मौका कमै पाउँछ। यसपटक काभा वुमन्स भलिबल खेल्न लागेको नेपालले काजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानसँगै वरीयतामा माथि रहेको भारत लगायतसँग खेल्नेछ।

रेमिट्यान्स आप्रवाह र शोधानान्तर स्थिति सुधारले अर्थतन्त्रमा सकारात्मक संकेत: राष्ट्र बैंक

चालु आर्थिक वर्षको चैतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको नौ महिनाको तथ्यांकमा आधारित राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको छ।

खाँणलाई म्याद थपका लागि अदालत लगियो

खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि अदालत लगिएको हो। 

सरकार सुशासन र समृद्धिको यात्रामा अघि बढ्यो : प्रधानमन्त्री

अहिले पनि जटिलताहरू धेरै रहेकाले इमान्दार कम्युनिष्टको आवश्यक्ता रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

श्रीलंका र बंगलादेश भन्छन्– सेप्टेम्बरमा यूएईमा चरम गर्मी हुन्छ, एशिया कप खेल्न कठिन छ

भारतले प्रतियोगिता खेल्न पाकिस्तान भ्रमण नगर्ने तथ्यलाई ध्यानमा राख्दै पीसीबीले 'हाइब्रिड मोडल' प्रस्ताव गरेको छ। मोडलमा भारतले आफ्ना सबै खेल युएईमा खेल्ने र बाँकी खेल पाकिस्तानमा खेलाउने उल्लेख छ।

प्रमाण नष्ट गर्ने आशंकामा आकस्मिक समातिएका थिए खाँण

'म प्रहरी कार्यालय जान्नँ, सोधपुछ लगायतका काम जे गर्नु छ यतै गर्नुस्' भन्दै प्रतिवाद गर्न खोजेका खाँणलाई प्रहरीले 'जरूरी पक्राउ पुर्जी' थमाएर पक्राउ गरेको थियो।