२०१३ भदौ २२ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउने चलन छ।
घरेलु मैदान पार्क डेस प्रिन्समा केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सलाई जित दिलाउन औरेलियन टिचौमेनी र मार्कोस थुरामले गोल गरे।
वर्षा जारी रहेका कारण मेची, विरिङ, निन्दालगायत अन्य साना खोलामा आकस्मिक बाढी आउनसक्ने र होचा भूभागमा डुबानसमेत हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
‘समिट अपार्टमेन्ट’ प्रकरणबाट ललितपुरको बखुण्डोलबासी चार महिनायता बेचैन छन्। काठमाडौँको लाजिम्पाट भित्रका बासिन्दा अर्को त्यस्तै प्रकरण दोहोरिने त्रासमा छन्।
सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले विवरण पेश गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको बताए।
मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत प्रक्रिया नै असंवैधानिक रहेको ठहर गर्दै उनलाई पदमुक्त गरेको छ।
फरार अभियुक्त वा अदालतबाटै दोषी ठहर भएर फरार रहेकाहरूबारे राज्य संयन्त्रले अभिलेख नराख्दा वा राखिएको अभिलेख जाँच नगर्दा त्यस्ता व्यक्ति उम्मेदवार बन्ने र 'माननीय'समेत हुने गरेका छन्।
संसदीय समितिले नेपाल र भारतबीचको व्यापारका सम्बन्धमा चिनियाँ राजदूत छन् सङले दिएको अभिव्यक्तिबारे आवश्यक जानकारी लिएर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनः पीडित गौशाला २६ को जन्मदर्तासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर कर्जा सहज बनाउन, सरकारले राष्ट्र बैंकको नियमनबाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका दाबी गरेका छन्।
भारततर्फ संकेत गर्दै सांसद पन्तले नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल ल्याउने अजेन्डालाई प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताए।
प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण र कान्ति बाल अस्पतालको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।
कांग्रेस प्रमुख सचेतक लेखकले पार्टी सहमहामन्त्री यादवमाथि आक्रमणको घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका छन्।
कृषि समितिले कोदोखेतीको उत्पादन तथा प्रवर्द्धन गर्ने सन्दर्भमा सरकारका के कस्ता कार्यक्रमहरू रहेका छन् भन्ने सम्बन्धमा कृषि मन्त्रालयसँग विवरण माग गर्ने निर्णय गरेको छ।
केयूकेएलले एडीबीको सवा ६ अर्ब ऋणमा बनाउँदै गरेको फोहोर पानी व्यवस्थापन संरचनाको पुरानो ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गर्दा कानूनविपरीत हुने गरी शर्तहरू फेरेको छ। कसलाई ठेक्का दिन फेरियो शर्त?
७८औँ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भदौ ३० देखि असोज ४ सम्म अमेरिकाको भ्रमणमा रहेन कार्यक्रम तय भएको परराष्ट्रमन्त्रीले बताए।
महामन्त्री थापाले प्रधानमनत्री र गृहमन्त्रीले ‘यसलाई छाडिने छैन’ भन्ने जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै जिम्मा लिएकाले धेरै बोल्ने नभई काम गरेर देखाउन ध्यानाकर्षणसमेत गराएका छन्।
नेपालमा कृषि गर्ने जमिन भने घटेको पाइएको छ। नतिजाअनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर थियो।
यसले मानव उत्पत्तिको शुरूआती अवस्थाबारे बुझ्न थप सहयाेग पुग्ने वैज्ञानिकले बताएका छन्।