AnonymousUser

Logout

महिलाले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्ने व्यवस्था गर्न सरकारसँग माग 

महिला उद्यमीहरूले कोभिड र आर्थिक मन्दीका कारण साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूले बजार पाउन नसकिरहेको भन्दै सरकारले विदेश निर्यात गर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री अराजक भएको टिप्पणी गर्दै शेखरले भने– अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक भइसकेको आरोप लगाउँदै अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

आफ्नो देश बनेन भनेर विदेशतिर कुद्ने प्रवृत्ति घातक : ओली

एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय आफ्नो देश बनेन भनेर अरूको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे‍का छन्।

आदेशको भरमा पार्टी चल्दैन : ईश्वर पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सारा विरोधीहरू एक ठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए।

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।

मोरक्को भूकम्पमा ६३२ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

कोशीको स्थायित्वका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनै छलफल नभएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौं : प्रधानमन्त्री दाहाल

सरकारले सामाजिक सुरक्षा कोष सञ्चालन, राहदानी र यातायातको क्षेत्रमा देखिएका समस्या तथा भ्रष्टाचारविरोधी अभियान चलाएर नयाँ परिवर्तन थालनी गरेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने: माधवकुमार नेपाल 

कोशीमा पुनः निर्वाचन भए अहिलेभन्दा दोब्बर बढी सिट ल्याउने अध्यक्ष नेपालको दाबी छ।

अफ्रिकी संघलाई जी–२० को स्थायी सदस्यता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जी–२० शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी संघका अध्यक्ष अजाली असुमानीलाई नयाँ सदस्यका रूपमा स्वागत गरे। 

जंगली हात्तीले नष्ट गर्‍यो २० बिघामा लगाइएको धानबाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको व्यावसायिक उडान

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

पाइपलाइन परियोजना: चैतदेखि पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी

पाइपलाइनबाट आयात भएको डिजेल अहिले लुम्बिनीको भैरहवा, बागमतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेश प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ।

जी–२० सम्मेलन : विश्वले के पायो, नेपाललाई के फाइदा?

सेनाका लडाकु विमानदेखि ४० हजार सुरक्षाकर्मीले दिल्लीमा पहरा दिइरहेका छन्। पाहुनालाई खाना खुवाउन सुनचाँदीका भाँडा प्रयोग गरिने बताइएको छ। यति तामझामका साथ सम्मेलन हुन गइरहेको जी-२० के हो त?

भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग, कानुन परिमार्जन गर्ने तयारी

निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी गर्न सकिएमा भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने जनाउँदै आयोगले बैंक खाताको विवरण, खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।

विश्वकप छनोट: ब्राजिल र उरुग्वेको विजयी शुरूआत

ब्राजिलको जितमा नेयमार र रोड्रिगोले समान २/२ तथा राफिन्हाले १ गोल गरे।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिग क्षेत्र

निसीखोला गाउँपालिका–६ मा रहेको रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। तालमा फोटो, भिडियो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ।

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।