जारी भएलगत्तै संविधान जलाएका दलहरू अहिले सत्तामा पुगेका छन् र संविधान कार्यान्वयन गर्ने जिम्मेवारी नै सम्हालेका छन्। तर ८ वर्षमा पनि संविधानप्रति मधेशको असन्तुष्टि हल हुन सकेको छैन, किन?
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत गतिमा बस चल्ने भएपछि यो रुटमा दैनिकजसो यात्रा गर्ने यात्रुहरू उत्साहित भएका छन्। तर, यो सेवा दीर्घकालीन हुने हो या होइन भन्ने चिन्ता उनीहरूमा छ।
कांग्रेस सभापति देउवाले मुकुन्द रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व पार्टीको काँधमा आएको बताए।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोली १९औँ एशियन गेम्सको पहिलो खेलमा बहराइनसँग पराजित भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको सजाय माफी मिनाहा गरिदिएका छन्।
कांग्रेसलाई चलायमान बनाउन पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको नेता दीलेन्द्रप्रसाद बडूले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
अघिल्लो हप्ता सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा साउदी अरब पुगेका केही नेपाली कामदारको 'दुर्दशा' देखिन्छ। यस्ता समस्यामा फसेर उद्धारको आग्रह गर्दै त्यहाँको नेपाली दूतावास पुग्नेको संख्या ठूलै छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागि हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताए।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले जसपाका मोरङ अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै तीन नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएका छन्।
कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
दबाब र भावनामा बगेरभन्दा आवश्यकता र औचित्य पुष्टि गर्ने गरी संविधान संशोधन गरिनु पर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएयता दलहरूबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ भएको तर्क गरे।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ऐनकानूनबिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने उल्लेख गरे।
सरोकारवाला निकायले अस्पष्ट नियमावलीका कारण जग्गा कारोबार चलायमान हुन नसकेको जनाएका छन्।
गाउँका विद्यालयमा विद्यार्थी टिकाउने कुरा चुनौतीको विषय बनेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन्।
प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग बिहीबार खेल्ने छ। प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
अश्विनका अलावा रुतुराज गायकवाडलाई पनि मौका दिइएको छ। उनले एशियाली खेलकुदमा भारतीय टोलीको कप्तानी गर्नेछन्।
सरकारले संविधान दिवसको अवसर पारेर बुधबारदेखि द्रुत बस सेवा सञ्चालनको तयारी गरेको हो। यसका लागि सडकमा मार्किङ गरिएको छ।