AnonymousUser

Logout

बुटवलमा आधुनिक पशु वधशाला सञ्चालनमा आउँदै

पशु वधशाला सञ्चालनमा आएपछि वधशालाबाहेकका स्थलमा व्यावसायिक रूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने सम्झाैता भएकाे छ।

राजनीतिक आवरणमा हुने आपराधिक गतिविधिमा ध्यान दिन सुरक्षा निकायलाई रक्षा र गृहमन्त्रीकाे निर्देशन

नेपालीहरूको महान चाड दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका छन्।

विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

संयुक्त राष्ट्रसंघकाे ७८औँ महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री साउदले त्यहाँ आयाेजित एक विशेष कार्यक्रममा यस्ताे बताएका हुन्।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने छ :  प्रधानमन्त्री दाहाल 

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।

नारी प्रकृति र सृष्टिको उच्च स्थानमा रहेका छन्: राष्ट्रपति पौडेल

तीजकाे शुभकामना दिँदै राष्ट्रपति पाैडेलले यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउन पनि आवश्यक रहेको बताए। 

११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।

रियल मड्रिडको शीर्ष स्थानको यात्रा कायमै, सोसिडाड २–१ ले पराजित

यो जितपछि लिग तालिकाको शीर्ष स्थानकाे यात्रा कायम गर्दै रियलले १५ अंक बनाएकाे छ भने सोसिडाड ६ अंकसहित ११औँ स्थानमा छ।

पाँच प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

सरकारले सुन तस्करीलाई जोगाएको एमाले अध्यक्ष ओलीको आरोप 

एमाले अध्यक्ष ओलीले सरकारले सुन तस्करलाई भगाउन सबै व्यवस्था मिलाएपछि अनुसन्धान गरेजस्तो गरेको टिप्पणी गरे।

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

सरकारको अकर्मण्यताका कारण मूल्यवृद्धि उच्च भएको पूर्वअर्थमन्त्री खतिवडाको आरोप

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्।

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारसँग सहमति भएसँगै आन्दोलनरत चिकित्सकहरूले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन्।

तीनकुने सामूहिक हत्या : घटनापछि भागेर साथीको घर पुगेका थिए आरोपी

घटनापछि हत्यामा प्रयोग भएको खुकुरी साथमै लिएर भागेको र सीसीटीभी फुटेजको सहयोगमा आरोपित भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

युद्धमा ३ पटक मृत्यु जितेर पनि अहिले पलपल ‘मरिरहेका’ नरवीर

माओवादीका पूर्वलडाकु नरवीर भन्छन्– ‘व्यवस्था परिवर्तनका निम्ति पार्टीका कमान्डरको आदेशमा ज्यानको बलि दिन तयार भएँ। जिउभरि बमका छर्रा र गोली छन्। यसरी कति दिन बाँच्न सकिएला र?’

सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले जित्यो एशिया कपको उपाधि

श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले आठौँ पटक एसीसी एशिया कपको उपाधि जितेको छ।

साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा, भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।

प्रतिपक्षले जनतालाई भ्रमित पार्ने काम गरिरहेको वर्षमान पुनको आरोप

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई गलत अर्थ लगाएर सानो–सानो कुरालाई पनि समस्याको रूपमा खडा गरेको आरोप लगाएका छन्।

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने सरकारको प्रतिबद्धता

सञ्चारमन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन्।