AnonymousUser

Logout

व्यवसाय सञ्चालन गर्न निजी क्षेत्रलाई वन क्षेत्र दिने सरकारको तयारीप्रति महासंघको विरोध

वन क्षेत्रको जग्गा केही नाफामूलक निजी कम्पनीलाई केवलकार र खनिजजन्य उद्योग सञ्चालन गर्न दिने गरी प्रस्ताव अघि बढाएको भन्दै वन उपभोक्ता महासंघले विरोध जनाएको छ।

सात खेलपछि लिगमा मनाङको जितविहीन यात्रा अन्त्य

पछिल्ला सात खेल सबैमा बराबरी खेलेको मनाङले आठौँ खेलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रिस्टारलाई पराजित गरेपछि रेलिगेसनको दबाबबाट निस्किएको छ।

सार्वजनिक संस्थान: २५ नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य

सरकारले आइतबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेका ४४ मध्ये २५ वटा संस्थान नाफा आर्जन गर्न सफल भएका छन्।

यात्रुले ढोका खोलेको घटनापछि एसियाना एयरलाइन्सले लगायो आपतकालीन सिटमा बस्न प्रतिबन्ध

एक यात्रुले एयरपोर्टमा अवतरण हुने क्रममा रहेको विमानको आपतकालीन ढोका खोलेपछि दक्षिण कोरियाको एसियाना एयरलाइन्सले नयाँ नियम जारी गरेको हो।

सरकारको आर्थिक सर्वेक्षण भन्छ– पुँजीगत खर्च नबढ्दा आर्थिक विषमता

सरकारको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुनेछ। वस्तु आयातमा भएको संकुचन र समष्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आएको छ।

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका चार-चार सांसद

समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्।

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाललगायत सहभागी छन्।

काभा महिला भलिबल : नेपाललाई तेस्रो स्थान

उज्वेकिस्तानविरुद्ध पहिलो सेट गुमाएको नेपालले त्यसपछि लगातार तीन सेट जित्दै काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा तल्लो अरुणसम्बन्धी सम्झौता गर्ने लगानी बोर्डको निर्णय

अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका बेला तल्लो अरुण जलविद्युत परियोजना विकास सम्झौता गर्ने निर्णय गरेको छ।

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै, गणतन्त्र दिवसमा उनी जेलमुक्त हुने बाटो खुलेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

नगरपालिकाले शुरू गरेको श्रमदान अभियानमा जिल्लाका सरोकारवालाहरू स्वतःस्फूर्त सहभागी भएका छन्। पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगरपालिकाले जनाएको छ। 

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन, मेसीले तोडे रोनाल्डोको कीर्तिमान

मेसीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल गरेका छन्। यसअघि रोनाल्डोले ४९५ गोल गर्दै कीर्तिमान बनाएका थिए। 

३०औँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

अमेजन जंगललाई विश्वमाझ थप चिनाउन जलवायु शिखर सम्मेलन अमेजन मै गर्न चाहेको ब्राजिलका राष्ट्रपतिले बताएका छन्।

बायर्न म्युनिखले जित्यो बुन्डेसलिगाको उपाधि

शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड अन्तिम खेलमा बराबरीमा रोकिएपछि कोल्नलाई २–१ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो। 

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गते नै पारित भइसकेको छ। 

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री 

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए।

उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो, एपीएफसँग जावलाखेल पराजित

खेलको २३औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। तर, ६०औँ मिनेटमा आर्मीकै युद्ध शाहीले आत्मघाती गोल गर्दा मछिन्द्रले खेल बराबरी गरेको थियो। 

पोखरामा नगर प्रहरीमाथि दुर्व्यवहार ७ जना पक्राउ 

इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न पुगेको नगर प्रहरीमाथि युवाको समूहले दुर्व्यवहार गरेको थियो।

‘ड्रेस कोड कानून कार्यान्वयन भए, पोसाक विवाद हुँदैन’

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४२ मा पोसाक र प्रतीक चिन्हसम्बन्धी व्यवस्था छ। औपचारिक, मौलिक, संस्कृति र परम्परागत पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने नियमावलीमा उल्लेख छ।

ओलीले रोस्टमबाट अनुसन्धान प्रभावित हुने अभिव्यक्ति दिए: विश्वप्रकाश शर्मा

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका छन्।