अदालतमा दायर गरिएको अभियोगपत्रमा प्रतिवादी सन्देश शर्माले 'बाँकी रकम केशव तुलाधर र लक्ष्मी महर्जनको खातामा पठाइदिनू' भनेर गजेन्द्र बुढाथोकीलाई खाता नम्बर पठाएको उल्लेख छ।
चौधरीले बुधबार सजाय माफी दिएर रिहा गर्न माग गर्दै गृह मन्त्रालयमा पठाएको पत्र मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा पठाएको थियो।
निमाले संसारको सर्वोच्च हिमाल सगरमाथासहित ल्होत्से र मकालु हिमाल आरोहण गरेका छन्।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ।
सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका छन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको छ।
संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्।
जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।
म्यानपावरका एजेन्टले सुन्दरलाई ३५ सय रियालसम्म तलब हुने बताएका थिए। तर, डेढ लाख रुपैयाँ बुझाइसकेपछि कुरा फेरे, २ हजार रियाल हुने बताए। साउदी पुगेपछि कम्पनीले ८०० रियाल मात्र दियो।
पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौँले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। आरोपितहरूको बयान आजदेखि शुरू हुँदै छ।
छापावाल सुन एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ उपत्यकाभित्र ५.९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४.१८ प्रतिशत भाडा घटेको छ।
पदमार्गमा फुतफुते झरना, पञ्च झरना, रातो झरनालगायत आधा दर्जन बढी झरना छन्। झरना र फेदीमा रहेका तलाउमा अधिकांश पर्यटकले तस्वीर र भिडियो खिचेर रमाउने गर्छन्।
प्रदेशको राजधानी दाङको भालुबाङ सारिएपछि तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले रुख काट्न गर्न आदेश दिएका थिए। त्यसपछि भालुवाङदेखि लमहीसम्म सडक किनारका एक हजार थान रुख काटिएको थियो।
बाघखोरमा फालिएको फोहोर खोलामा मिसिने गरेको छ। फोहोरले तमानखोला र भूजीखोला दूषित बनेका छन्। आसपासका गाउँसम्म दुर्गन्ध फैलिएको छ।
प्रशिक्षकका रूपमा एरिक टेन हाग युनाइटेडमा आएयता क्लबको प्रदर्शन उच्च छ। यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ।
आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई बम प्रहार गर्दा चार सर्वसाधारण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा छ आक्रमणकारीको मृत्यु भएको छ।
वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर महानगर राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ। अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गरिनेछ।
गणतन्त्र दिवसका दिन चौधरीलाई रिहा गर्न गृह मन्त्रालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाएको छ। तर, अदालतले ‘क्रुर तथा अमानवीय तरिकाले हत्या गरेको’ ठहर्याएको अवस्थामा कानून बमोजिम माफी दिन मिल्दैन।