AnonymousUser

Logout

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट ल्याइएको गाँजा ‘डेलिभरी’ गर्ने ६ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका छ।

नेप्से ४२.१४ अंकले घट्यो, दुई अर्बको कारोबार

आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रधानमन्त्रीलाई पाँच नागरिकको पत्र– आशाको धिपधिपे दियो निभ्ला झैँ भयो

उनीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्रमा अहिले कानून पनि ‘आपराधिकतालाई उन्मुक्ति दिने बन्न थालेको’, त्यसले सशंकित र खिन्न बनाएको उल्लेख छ।

चिनी, चामल, गहुँलगायत अत्यावश्यक खाद्यवस्तु अभाव हुन नदिन संसदीय समितिको निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।

आरतीको न्यायका लागि सहयोग गर्न नागरिक समाजलाई परिवारको आग्रह

सरकारले आफ्ना जायज मागप्रति बेवास्ता गरेको भन्दै आरतीको माइती पक्षले आम नागरिकलाई न्यायका लागि आवाज उठाइदिन अपिल गरेका छन्।

नेपाल अब ‘ईभी’ युगतिर

दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु

जंगलबीचमा लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए।

आन्दोलनरत चिकित्सकसँग वार्ता हुँदै

चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

ताप्लेजुङ अस्पतालमा आईसीयू उपकरण प्रयोगविहीन

आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो। कोभिड महामारीका बेला करिब छ करोड रुपैयाँ खर्चिएर उपकरण खरिद गरिएको थियो।

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

भारतको केइसी इन्टरनेसनलले दमौलीबाट भरतपुरसम्म ३६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। जसअन्तर्गत ६९ टावरको जग हाल्ने कार्य सकिएको छ।

साउदी प्रो लिग: अल–नासरको लगातार चौथो जित

अल–नासरको जितमा रोनाल्डो, साडियो माने र टलिस्काले समान १–१ गोल गरेका थिए। रइदका मुहमद फुजायरले एक गोल फर्काए। 

धान खरिद गर्ने सहकारीलाई सरकारले व्यवस्थापन खर्च दिने, सूचीकृत हुन आग्रह

सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।

कति छ आइतबार फलफूल तथा हरियो तरकारीको मूल्य?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार ११६ रुपैयाँ रहेको सेतोमूलाको मूल्य आइतबार ९५ तथा ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली ७० रुपैयाँ तोकेको छ।

मंगलेखानीको सिंगो गाउँ आलु र सिमीखेतीमा

आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था भएकाले‍ चिस्यानगृह भवन निर्माण गरिदिन स्थानीयले सरकारसँग माग गरेका छन्। 

गल्फ क्रिकेट: यूएईद्वारा ओमान पराजित

शनिबार राति दोहामा १९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन मात्र बनायो।

कस्तो छ आइतबारको मौसम?

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्यसेवा ठप्प पर्ने चिकित्सक संघको घोषणा

हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध कारबाहीको प्रक्रिया नथालिएको भन्दै चिकित्सक संघले आइतबार देशभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ

सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

निष्ठा छोडेर बीपीलाई महामानव बनाउनु उनीमाथिको अन्याय हो : गगन थापा

कांग्रेस महामन्त्री गगन थापा बीपीको विचारलाई मूर्ति–पूजा गरेको जस्तो पूजा गर्ने कुराले उनीमाथिको ठूलो अन्याय हुने बताउँछन्।