वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानका गोदाममा १८ हजार ८५१ टन चिनी फेला पारेको छ जसले औसतमा देशभरको झन्डै एक महिनाको माग धान्न पुग्छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हितविपरीत हुने क्रियाकलापमा संलग्न जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षालाई मद्दत गर्ने र शिक्षकहरूलाई सुयोग्य बनाउन उपयुक्त र जायज मागहरूमा सरकार सकारात्मक रहेको बताए।
लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन।
सांसद शंकर भण्डारीले बेनामी उजुरीको कारण अराजकता बढेको र सरोकारवाला निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे।
सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्य उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए।
सरकारले विज्ञप्ति जारी गरेर र संसद्मा घटनाको विवरण सुनाएर मात्रै नपुग्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले नेपालीको जीवनरक्षाका लागि प्रधानमन्त्रीले इजरायली समकक्षीसँग सिधा संवाद गर्नुपर्ने बताए।
अख्तियारले सर्प पाल्ने नाममा प्राप्त १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिई सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति रहेको जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए
सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ।
विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए
इजरायल र प्यालेस्टाइनबीचको विवाद बुझ्न १०० वर्षअगाडि फर्किनुपर्छ। यहुदीहरूले यस क्षेत्रलाई आफ्ना पुर्खाहरूको भूमि मान्छन्। अरब समुदायले पनि यस्तै दाबी गर्छ।
भूकम्पबाट ६०० परिवारका चार हजार २०० मानिस प्रभावित भएका छन्।
सरकारले प्रोत्साहनका कार्यक्रम ल्याए पनि बजारीकरणमा भने ध्यान नदिएको उद्यमीको गुनासो छ।
हुम्लाको सर्केगाड–२ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा नदीमा खसेर मुगुका ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका छन्।
जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।
इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ।
अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।
वर्षाका कारण काटेर सुकाएको धान खेतमै उम्रिन थालेको छ। काट्न बाँकी धान पनि सबै लडाएको किसानले बताएका छन्।
कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।