AnonymousUser

Logout

भ्रूणको लिंग पहिचान नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैंगिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिंग छनोट अन्त्यका लागि यस्तो निर्देशन दिएको हो। 

समिट अपार्टमेन्ट प्रकरणका दुई महिनाः छानबिन भयो, प्रतिवेदन नै लुकाइयो 

सरकारी निकायहरू महानगरपालिका, विभाग र प्राधिकरणको ध्येय समिट समूहलाई कारबाही गर्ने भन्दा पनि घटना सामसुस पार्नेतिर केन्द्रित रहेको बखुण्डोलवासीको आरोप छ। 

बढ्दै रासायनिक मलको कालोबजारी, मारमा उपभोक्ता

अवैध रूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन्।

कोशी प्रदेशमा अध्यादेशमार्फत ल्याइयो ३६ अर्ब २४ करोडको बजेट

आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको छ।

यात्रुहरू चढाउने/ओराल्ने स्थान तोक्न काठमाडौँ महानगरले बनायो कार्यदल

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।

जहाँबाट मुख्य सचिव नियुक्तिमा ‘सेटिङ’ मौलाउँदै गयो

मुख्य सचिव नियुक्तिमा स्वाभाविक प्रक्रियाको अवसान र ‘सेटिङ’ हाबी हुनुमा आकांक्षीको चलखेलसँगै अख्तियारको अनुसन्धान छल्न क्याबिनेटबाट ‘अनुकूल’ निर्णय गराउने राजनीतिक नेतृत्वको चाहना प्रमुख जिम्मेवार छ।

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेलास्थलमा गएर मेला बन्द गराएका थिए।

प्रतिनिधिसभाका विषयगत समितिमा यथाशीघ्र सभापति चयन गर्न सांसदहरूको माग

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा निर्वाचित सभापति नहुँदा कामकारबाही आफ्नो ढंगबाट अगाडि बढ्न नसकेको बताउँदै सांसदहरूले यथाशीघ्र सभापति चयन गर्न माग गरेका छन्।

मेयर शाहले कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्साबारे सत्ता र प्रतिपक्ष सांसदको भिन्न प्रतिक्रिया

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा राखेको ‘ग्रेटर नेपाल’को नक्सालाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदले फरक फरक धारणा राखेका छन्।

अस्ट्रेलियाको संसद्मा सिनेटरमाथि यौन आक्रमण, आरोपी सांसद निलम्बित

अस्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसामा परेको पुष्टि गरेको थियो।

‘वानएक्स बेटिङ’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरूलाई सरकारी वकिलको कार्यालयमा पेस

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आलु, प्याजमा कर लगाउनुको विकल्प थिएन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न आयातित आलु, प्याज लगायतका वस्तुमा कर लगाउनुको विकल्प नभएको बताएका छन्।

नेप्से ५ अंकले बढ्यो, कारोबार ३ अर्बमा सीमित

बिहीबार २७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर ५२ हजार ८१४ पटक किनबेच हुँदा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँको कारोबार भयो।

चुरेको ढुंगा, गिट्टी, बालुवा भारतलाई बेच्ने योजना रोक्न सांसदको माग

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारले बजेटमार्फत अघि सारेको कृषि अनुदानदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने योजनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

टस नै नभई नेपाल र भारतबीचको खेल रद्द

हङकङस्थित  मोंग कोकमा लगातार वर्षाको कारण आउट फिल्ड ओसिलो भएपछि नेपाल र भारतबीचको खेल रद्द भएको छ।

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै प्रदर्शन गर्ने १६ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

सिंहदरबार गेटमा कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन 

कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।

सांसद पन्तको प्रश्न– धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो?

सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

हिमताल विस्फोटको जोखिमः छैन नेपाल–चीन सूचना आदानप्रदान संयन्त्र

नेपालका मुख्य नदीका जलाधार क्षेत्रमा भएकामध्ये तिब्बतमा पर्ने २५ वटा हिमताल विष्फोटको जोखिममा छन्, जसकारण नेपालस्थित तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो क्षति पुग्नसक्छ।

ड्रागन आयात रोक्न कृषकको माग, स्वदेशी उत्पादनले बजार नपाएको गुनासो

नेपालमा ड्रागनखेती गर्ने कृषकको संख्या बढ्दै गएको छ। तर, यसको बजार सुनिश्चितता नहुँदा बिक्री नहुने समस्याले पिरोल्न थालेको उनीहरू बताउँछन्।