संसदीय समितिले गैरकानूनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ।
एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे।
आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो।
१० महिनाको बीचमा बनेका चारवटा सरकार नटिकेपछि पाँचौँ सरकारको तयारीमा रहेको कोशी प्रदेशसभा एक वर्ष नपुग्दै विघटन हुने र मध्यावधि निर्वाचनतिर सोझिने संकेत देखापरेका छन्।
सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।
इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।
राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।
शनिबार भारतकाे चेन्नईमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्याे।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
इजरायलको तेलअविवस्थित नेपाली दूतावासले १० जनाको मृत्यु भएको, तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको पुष्टि गरेको हो।
१९औँ एशियाली खेलकुदमा सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए।
प्राधिकरणले टेलिकम कम्पनीले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले उनीहरूको बदमासी रोक्न टेरामक्सको आवश्यकता परेको दाबी गरेको छ।
सरोकारवालाले डब्ल्यूएचओको दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।
भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराबाहेक उनका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन सभापति देउवाले आग्रह गरे।
प्रहरी प्रधान कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आइतबारदेखि देशैभरका प्रहरी युनिटमा लागू गर्न सर्कुलर जारी गरेको छ।
कांग्रेस प्रमुख सचेतक एवं सांसद रमेश लेखकले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताए।