AnonymousUser

Logout

इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

परराष्ट्रमन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत वा पार्टीगत रूपमा द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गरेका छन्।

नेपालगन्जमा कर्फ्यु हटाइयो, दशैँतिहार विशेष सुरक्षा योजना लागू

नेपालगन्जको जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 

इजरायलमा ज्यान गुमाएका नेपालीकाे शव तत्काल ल्याउन संसदीय समितिकाे निर्देशन

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीको चाँडो उद्धार गर्नसमेत सरकारलाई निर्देशन दिएको छ।

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो। 

'भीआईपी' र 'भीभीआईपी'को पर्खाइमा दशकौँदेखि रित्तै छन् वीर अस्पतालका महँगा बेड

वीर अस्पतालले ‘अतिविशिष्ट’ र ‘विशिष्ट’हरूका लागि भनेर अलग्गै वार्ड छुट्ट्याएको चार दशक नाघिसक्यो। तर केही अपवाद बाहेकका उच्चपदस्थहरू उपचार लिन नगएपछि महँगा बेडको रेखदेखमै राज्यको लगानी खेर गइरहेको छ। 

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा. शिव सुवेदीले जानकारी दिए।

अरिंगालको टोकाइबाट जाजरकोटमा २ बालिकाको मृत्यु

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएकी छन्।

विश्व मानसिक स्वास्थ्य दिवस: उपचारमा पहुँच बढाउने चुनौती

नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।

पोल्ट्री व्यवसाय ‘संकट’मा: राज्यले नै उपेक्षा गरेको व्यावयायीको गुनासो

देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको व्यावसायीहरूले बताएका छन्। 

आज राष्ट्रिय शोक: राष्ट्रिय झण्डा आधा झुकाइने

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 

इजरायलमा रहेका नेपालीको उद्धारमा प्रभावकारी भूमिका खेल्न सरकारलाई दलहरूको सुझाव

सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

डब्ल्यूएचओको चुनावमा डा. शम्भु आचार्यलाई जिताउन नेपालको ‘लबिइङ’ कमजोर भएको हो?

बंगलादेशकी प्रधानमन्त्री वाजेद हरेकजसो अन्तर्राष्ट्रिय ‘फोरम’मा उम्मेदवार बनेकी आफ्नी छोरी साइमासँग देखिइरहँदा नेपाल सरकारले भने डा. आचार्यको पक्षमा खास ‘लबिइङ’ नगरेको गुनासो सुनिन थालेको छ। 

इजरायलस्थित दूतावासले भन्यो– विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालियो

तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले विमान पठाउने

सरकारले इजरायलस्थित नेपाली दूतावासलाई स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न र स्वदेश फर्कन चाहनेलाई विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।

इजरायलका बंकरबाट गुहार माग्दै नेपाली, समय घर्काउँदै सरकार

युद्धको चपेटामा परेको इजरायलमा रहेका कतिपय नेपालीले सामाजिक सञ्जालमा भिडियो र चिठी राखेर आफूहरूको उद्धार गर्न आग्रह गरिरहेका छन्। तर सरकारले अहिलेसम्म उद्धारको लागि ठोस निर्णय गर्न सकेको छैन।

माओवादीले सत्तागठबन्धनमा छलफलपछि मात्र शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने

विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।