प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।
धितोपत्र दलाल तथा व्यापारीलाई मापदण्ड र विधि पूरा गरी इजाजत दिन निर्देशन दिइएको समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जानकारी दिए।
फेवाताल परिसरमा कर्ण शाक्य, गणेशबहादुर भट्टराई, सुजन जोशी, कर्मा गुरुङ लगायत व्यवसायीका रिसोर्ट, होटलसहित १ हजार संरचना छन्। सर्वोच्चले २०७५ सालमा गरेको फैसला कार्यान्वयन नहुँदा अतिक्रमण बढ्दै गएको छ।
चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।
म्यादे गाउँपालिका–७ मा पहिरोमा परी झापा शिवशताक्षी–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुर कटारी–७ का ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।
बैजनाथ गाउँपालिका–४ की सुनिता परियारको गाउँकै रामबहादुर थापासँग विवाह भएको १२ वर्ष भयो। तर, हालसम्म उनको विवाहदर्ता भएको छैन। श्रीमान्ले नै छाडेर गएपछि झन् पीडा थपिएको उनको भनाइ छ।
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ।
बागलुङका स्थानीय तहले रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठूला पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेका छन्।
यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
महानगरले चालु आवमा राजस्व संकलन लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति आन्तरिक आयतर्फ गरेको छ।
सिरियाका सडकमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा बम विस्फोट भइरहेको छ। बम इस्लामिक स्टेट (आईएस) लडाकुले राखेको आशंका गरिए पनि पुष्टि भइसकेको छैन।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।
शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।
श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो।
जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।
मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।
समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।
घोराही सिमेन्टले प्रिमियम मूल्यमा जारी गरेको आईपीओमा मागभन्दा बढी कित्ता शेयरका लागि आवदेन परे पनि समायावधि थप गरिएपछि अनियमितताको आशंकामा धितोपत्र बोर्डले आवेदन प्रक्रिया स्थगन गरेको छ।
आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।