सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीशलाई पदबाट राजीनामा दिन राजनीतिक दबाब दिइएको र नदिएमा महाभियोग लगाउने धम्की दिइएको भन्दै एम्नेस्टी, ह्युमन राइट्स वाच र आईसीजेले चिन्ता व्यक्त गरेका छन्।
दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
अख्तियारले बागमती फनपार्क निर्माणमा ३९ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, बागमतीका तत्कालीन नगरप्रमुख भरत थापासहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ।
बिहीबार परिसूचक १४.१७ अंकले बढेर २७२६.१७ को विन्दुमा पुगेको छ।
झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एक जना साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
भारतको असममा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ४१ जनाको ज्यान गएको छ भने ९ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आन्दोलनलाई दबाउन फेरि प्रहरी बलको अत्यधिक प्रयोग गरिने छैन भन्नेमा पनि आफू आशावादी रहेको उनले बताएका छन्।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
कालिकामाई गाउँपालिकाका कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट र दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्खायाममा सडक विस्तारको काम र निरन्तरको पहिरोका कारण ढोरपाटन जोड्ने सडक अस्तव्यस्त बन्दा स्थानीय बासिन्दा र पर्यटकले सास्ती व्यहोर्नुपरेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ।
डक्टर अफ अस्टियोप्याथिक मेडिसिन, बायोटेक्नोलोजी, मेडिकल माइक्रोबायोलोजी, मेडिकल डाइटिक्स एन्ड न्युट्रिसन, फुड टेक्नोलोजी, बायोमेडिकल इन्जिनियरिङलगायत विषय पढेका जनशक्तिले नेपालमा लाइसेन्स पाएका छैनन्। जसले गर्दा उनीहरू बेरोजगार छन् वा पहिचान लुकाएर कम पारिश्रमिकमा काम गर्न बाध्य छन्। अधिकांश त केही सीप नलागेर विदेश पलायन भइरहेका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुंगाका पाँच यात्रुलाई तीन दिनपछि माछा मार्नेहरूले जीवितै उद्धार गरेका छन्।
विभागले शनिबार जारी गरेको विशेष बुलेटिनअनुसार अनुमान गरिएजस्तो ठूलो बाढीको खतरा नदेखिए पनि आगामी दुई दिन साना नदीहरूमा आकस्मिक बहावको जोखिम कायमै रहेको जनाएको छ।