रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुवैको शव फेला

रोल्पाको सुनछहरीमा शनिबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिलाको शव २४ घण्टापछि फेला परेको छ।

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ।

शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाईवस्तु चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। उनीहरूको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ।