AnonymousUser

Logout

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो पनि कोशी र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

झापामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

शनिबार राति भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको मोटरसाइकलले सडकको छेउमा रोकेर राखेको ट्याक्टरलाई ठक्कर दिएको थियो।

दुहबीस्थित जुट मिलमा आगलागी, नियन्त्रणमा लिन ८ दमकल परिचालित

आगो नियन्त्रणका लागि विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट गरी आठवटा दमकल परिचालन गरिएको छ।

स्वचालित पेस्तोलसहित रौतहटबाट एक जना पक्राउ

सशस्त्र प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिनका साथै १३ राउन्ड गोलीसमेत बरामद गरेको छ।

विराटनगरको लगातार दोस्रो जित, काठमाडौँ ५ विकेटले पराजित

विराटनगर किङ्सले काठमाडौँ गोर्खाजलाई ५ विकेटले पराजित गर्दै एनपीएलमामा लगातार दोस्रो जित हात पारेको छ।

शान्ति योजना स्वीकार गर्न युक्रेनलाई ट्रम्पको नोभेम्बर २७ सम्मको समय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको २८ सूत्रीय शान्ति योजनामाथि युक्रेनको प्रतिक्रिया प्राप्त गर्नका लागि नोभेम्बर २७ सम्मको समयसीमा तोकेका छन्।

नाइजेरियामा बढ्दै विद्यार्थी–शिक्षक अपहरणको क्रम, पीडित संख्या ३१५ पुगेको इसाई समूहको दाबी

नाइजेरियामा क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन्।

निर्वाचनमा सहभागी हुने कांग्रेसको औपचारिक निर्णय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन दुवैमा भाग लिने औपचारिक निर्णय गरेको हो।

जनशक्ति अभावमा भोजपुर अस्पतालको सेवा प्रभावित

भोजपुर अस्पताल भौतिक रूपमा सुविधासम्पन्न भए पनि जनशक्ति अभावका कारण समय र पैसा खर्च गरी धरान, विराटनगर, काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन।

काठमाडौँमा एमालेको प्रदर्शन, भृकुटीमण्डप आसपास ट्राफिक व्यवस्थापनमा चाप

र्‍यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि प्रदर्शनीमार्ग हुँदै चल्ने सवारीसाधनलाई डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

वाटको आक्रामक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली ९ विकेटले विजयी

स्कटल्यान्डका मार्क वाटको आक्रामक ब्याटिङको सहयोगमा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्स नौ विकेटले विजयी भएको छ।

भियतनाममा बाढी, ५५ जनाको मृत्यु

प्राधिकरणको प्रतिवेदन अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन्। अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्।

खडकबहादुर खड्काले जिते नेपालगन्ज म्याराथन

खड्काले २ घण्टा १५ मिनेट ८ सेकेन्डमा ४२ किलोमिटर दुरी पार गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणका पनि च्याम्पियन हुन्।

युक्रेन–रुसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

अमेरिकी पक्षले तयार पारेको नयाँ शान्ति प्रस्ताव अहिले युक्रेनले अध्ययन गरिरहेको छ। प्रस्ताव अझै विकासकै क्रममा छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरुद्ध

सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेका र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन रोकिएका छन्।

एनपीएलमा दुई खेल हुँदै

बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दिउँसो ३ः३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

नवलपरासीमा मोटरसाइकल दुर्घटना: १ जनाको मृत्यु, २ गम्भीर

मृत्यु हुनेमा मोटरसाइकल चालक कावासोती–१६ गैडाचोकका ४२ वर्षीय हीराबहादुर परियार रहेका छन्।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

‘काश्मीर टाइम्स’मा आतंकवादविरोधी छापा, ‘आधारहीन’ भन्दै आरोप अस्वीकार

भारतीय आतंकवादविरोधी दस्ताले ‘आपराधिक षड्यन्त्र’मा संलग्न रहेको आरोपमा बिहीबार राति द काश्मीर टाइम्सको कार्यालयमा छापा मारेको छ।

सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ, यता पोखराले भने अर्को पराजय बेहोरेको छ।