AnonymousUser

Logout

सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागलाई बुझायो लाइसेन्स

पहिलो चरणमा ५२० थान लाइसेन्स हस्तान्तरण गरिएको छ। दोस्रो चरणका लागि करिब एक हजार २०० आवेदकको तथ्यांक प्राप्त भएको र छपाइ कार्य निरन्तर भइरहेको केन्द्रले जनाएको छ।

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनाविरुद्ध मुद्दा

जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएअनुसार भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाटका घटनाबारे सरकारी निकायबाट २३ र निजीतर्फबाट आठ गरी ३१ वटा जाहेरी परेका छन्।

सात लाख थान विद्युतीय राहदानी खरिद गर्न विभागलाई स्वीकृति

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, सरकारले अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ।

मृत्यु कुरिरहेछन् कुपोषित बालबालिका, सरकारसँग छैन बचाउने योजना

बाल तथा मातृस्वास्थ्य सुधार गर्न वैदेशिक सहायतामा चलेका पोषणसम्बन्धी कार्यक्रम अचानक बन्द भएपछि नवजात शिशु र आमा जोखिममा परिरहँदा सरकारले ती कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन।

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि सिमराको जनजीवन सामान्य बन्दै गएको छ।

काठमाडौँमा थालियो ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण

‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई अति गम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार प्रकारमा छुट्याएर वर्गीकरण गर्ने प्रक्रिया थालिएको छ।

शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता

द्वन्द्वपीडितका सरोकार तथा उनीहरूमाथि भएको अन्यायको निरूपण, न्याय सुनिश्चितता, परिपूरण तथा संस्थागत सुधार गर्नेतर्फ ठोस प्रगति हुन नसक्दा यो प्रक्रिया दिनप्रतिदिन गिजोलिँदै गएको इन्सेकले जनाएको छ।

साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा

सम्झौताको म्याद सकिन अब तीन हप्ता मात्र बाँकी रहँदा साँगा–धुलिखेल सडक विस्तारको ४० प्रतिशत काम अझै अधुरो छ।

सुदन गुरूङको सक्रियताः अन्तरिम सरकारका लागि पहिले ‘हिरो’, अहिले ‘भिलेन’

आफ्नो शपथग्रहण समारोहमा सुदन र उनको समूहसँग हात उठाएर फोटो खिचाएकी र खुट्टासमेत ढोग्न लगाएकी प्रधानमन्त्री सुशीला कार्की अहिले उनलाई भेट्नसमेत किन असहज मान्छिन्?

नवलपरासीमा बस दुर्घटना: २० जना घाइते

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बस मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको छ।

तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुन

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

धनकुटामा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु, १४ घाइते

दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि धरान लगिएको छ। बाँकीको धनकुटामै उपचार भइरहेको छ।

एनपीएलः पोखरा र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा पोखरा पहिलो जितको खोजीमा हुनेछ। पोखरा पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको थियो।

घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलनमा पनि ह्रास

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षित रूपमा बढ्न सकेको छैन।

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने

दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुन्नुको आधार र कारणसहित २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ।

फोहोर व्यवस्थापन सुचारु गर्न बन्चरेडाँडावासी र सरकारबीच ११ बुँदे सहमति

सरकारी पक्ष र बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयबीच भएको वार्तापछि स्वास्थ्य, शिक्षा, रोजगारी, भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राखेर विभिन्न ११ बुँदे सहमति भएको छ।

एनपीएलमा लुम्बिनी लायन्सको विजयी शुरूआत, चितवन राइनोज पराजित

लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन

छानबिन समिति संयोजक पूर्वसचिव गेलालले अध्ययन प्रतिवेदनले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा भएका गोप्य बोलपत्र मूल्यांकनलाई प्रभावित नहुने बताए।