भग्नावशेष खस्ने र ड्रिलिङ मेसिन बारम्बार बिग्रिँदा उद्धार प्रयास सुस्त र जटिल भएको छ।
युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्।
कोशी प्रदेश सरकारले अध्यादेशमा रहेको भन्दा ५० करोड रुपैयाँले बढाउँदै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।
शुक्रबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख १६ हजार ९०० रुपैयाँ पुगेको छ।
नगरवासीका अस्वाभाविक मृत्युको कारणमध्ये आत्महत्या प्रमुख रहेको पाइएपछि चितवनको माडी नगरपालिकाले अभियानकै रूपमा आत्महत्या न्यूनीकरणको कदम चालेको छ।
विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। त्यहाँ पुगेको एक हप्तामै उनीमाथि गैरकानूनी भएको आरोप लागेको थियो।
सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, पर्वतीय राष्ट्रका समस्याको पहिचान र सम्बोधनलगायत विषयलाई महत्त्वका साथ उठाउने तयारी गरेको छ।
चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब २७ हजार हेक्टरमा चिया खेती हुन्छ। त्यति क्षेत्रफलमा वार्षिक २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन हुन्छ।
यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुनेछ।
म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडीसमेत बनेका छन्। उनले ४८ खेल खेलमा ५० गोल गर्दै कीर्तिमान बनाएका हुन्।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।
प्रदेश सरकारले १० करोड विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब पुनर्निर्माणका लागि छुटाएको छ।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। हाफ म्याराथन महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले ह्याट्रिक गरेकी छन्।
मुख्यमन्त्री कार्कीले समानुपातिक र प्रत्यक्षतर्फ सांसदलाई मर्का नपर्ने गरी प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई समेटिने गरी बजेट ल्याएको दाबी गरे।
श्रमिक संघ–संगठनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकका अजेन्डालाई पनि साथमै अगाडि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० ले पराजित गरेको छ।
उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बन्धकहरूलाई रिहा गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाबाट सबै बन्धकहरूलाई फिर्ता गर्न प्रतिबद्ध रहेको बताए।