AnonymousUser

Logout

झोलुंगे पुलका सामान चोरी, सरोकारवाला बेखबर

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहोर गर्दै आएका छन्।

विद्युत् आयोजनाको लापरबाही: भुइँमा लत्रिएको तारबाट करेन्ट लागेर १ जनाको मृत्यु

निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

उपत्यकामा दशैँयता २६६ वटा सवारी दुर्घटना, ७ जनाको मृत्यु, ३३० घाइते

कात्तिक ११ गतेयता सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३,  भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्। 

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे २ गैँडा

यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन्। प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन्।

कस्तो रहनेछ शुक्रबारको मौसम?

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

छनोटको दोस्रो खेल नेपालले मंसिर ५ मा यमनविरुद्ध काठमाडौँमा खेल्नेछ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

विश्वकप क्रिकेट– २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै अस्ट्रेलियाले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको छ।

भूकम्प प्रभावितका लागि ईयूले २८ करोड ८० लाख सहयोग गर्ने

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको ईयूले जनाएको छ।

आगलागीमा परी घाइते भएकाको उपचारमा सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्री बस्नेतले आवश्यकताअनुसार उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याई

जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताए।

पोखराको पर्यटकीय केन्द्र लेकसाइड रातभर खुल्दा काठमाडौँको ठमेलमा अझै प्रतिबन्ध

दरबारमार्ग र ठमेलको रात्रिकालीन व्यवसायमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँले समयसीमा तोकेर रोक लगाएको हो। तोकिएको समयपछि व्यवसाय खोलेमा व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिने गरेका छन्।

दार्चुलामा गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना

दार्चुलामा जिप दुर्घटना हुँदा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीसहित दुई जना घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ।

व्यावसायिक कम्पनी खोलेर रैथाने बाली संरक्षणमा किसानलाई उत्साह थपिरहेका तिलक

तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।

एआईले दक्षिण कोरियामा प्रतिस्थापन गर्न सक्छ ४० लाख रोजगारी : अध्ययन

बैंक अफ कोरियाको अध्ययनअनुसार उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने सम्भावना उच्च छ।

काठमाडौँका २१ स्थानमा बनाइँदै छठ पूजास्थल

छठ पर्वको मुख्य दिन छठी माईको पूजाका लागि काठमाडौँका कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरी लगायतका स्थानमा पूजास्थल बनाइँदै छ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले कस्ता अजेन्डा उठाउँदै छ?

वन तथा वातावरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले औपचारिक कार्यक्रमबाहेकका एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरबारे नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताए।

नेपाललाई हराउँदै हङकङ फाइनलमा

नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

बाइडेन र सीबीच भेटवार्ता, सैन्य सम्बन्ध पुनः स्थापना गर्ने सहमति

सन् २०२३ फेब्रुअरीमा अमेरिकाले ‘चिनियाँ जासुसी बेलुन’लाई गोली हानेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो।

नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो। 

प्रभावहीन द्रुत बस सेवा, उत्साहित यात्रु बने निराश 

सरकारले सरोकारवालासँग समन्वय नगरी हतारमा सस्तो लोकप्रियताका लागि मात्रै शुरू गरिएकाले यो सेवा भद्रगोल भएको यात्रुको गुनासो छ। २५ वटाबाट शुभारम्भ गरिएको सेवामा आबद्ध बसको संख्या घटेर १२ मा झरेको छ।