नेपाली श्रमिकको रोजगार गन्तव्य खाडी र मलेसिया हुँदै अब जापान, कोरिया तथा युरोपतिर फैलिएको छ। विदेशी सेनामा अवैधानिक रूपमा भर्ती हुने र श्रम स्वीकृति नभएका देशमा जानेका कारण जोखिम पनि बढिरहेको छ।
सांसद र संसद् सचिवालयका कर्मचारीसहितको २० जनाको टोली चिनियाँ सरकार मातहतको निकायले ‘स्पोन्सर’ गरेको भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको छ।
अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि सोमबारबाट टोकन प्रणालीको शुरूआत गरेको काठमाडाैँ जिल्ला अदालतले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयले सोमबार ४९औँ दीक्षान्त समारोह आयोजना गरेको छ।
भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।
उनले तीन तहकै सरकारले आवश्यक छलफल र समन्वय गरी अघि बढ्ने हो भने उपत्यकाको विकास चाँडो हुने बताए।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्।
वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो डेढ दशकमा १२ हजारभन्दा धेरै नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका छन् भने करिब तीन हजार श्रमिकहरू अंगभंग भएर स्वदेश फर्किएका छन्।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह २ का २१ वर्षीय निकाइल अन्सारी र सुनसरीकै हरिनगरा ६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन्।
'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।
सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।
एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
दाहाललाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको तर अहिलेसम्म कुनै राम्रो काम गर्न नसकेको कांग्रेस महामन्त्री थापाको भनाइ छ।
श्रमसचिव केवलप्रसाद भण्डारीले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।
बाजुराको मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाने क्रममा एकअर्कालाई उछिन्न खोज्दा दुवै ट्याक्टर दुर्घटनामा परेको र एउटा ट्याक्टरमा सवार चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा र ‘व्यवस्था परिवर्तन’ नभएसम्म चर्काइरहने दाबीसहित शुरू भएको दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन एक महिना नपुग्दै तितरबितर बनेको छ।
सरकारले उखु किसानहरूलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।
सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार र सत्ता गठबन्धनभित्र मन्त्री फेरबदलको विषयमा चर्चासमेत नभएको बताएकी छन्।