AnonymousUser

Logout

गणपूरक संख्या नपुगेर संसद् बैठक स्थगित, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत हुन पाएन

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या यकिन गर्दा ५९ सांसद मात्र उपस्थित रहेको पाइएपछि मंगलबारको संसद् बैठक स्थगित भएको थियो।

मोदी र सी जिनपिङको भेटवार्तालगत्तै भारतको भूभाग समेटेर चीनले ल्यायो नयाँ नक्सा

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भएकाे भेटवार्तामा सीमा विवादबारे छलफल भएकाे बताइएकाे थियाे।

प्रधानमन्त्री–राप्रपाबीच कोशीमा सहयोग गर्ने भद्र सहमति भएको माओवादी सांसद दाहालको दाबी

माओवादी सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको दाबी गरेका छन्।

माओवादीले अघि सारेको जातीय राज्यको दुष्परिणाम देखिन थाल्यो : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीले विजारोपण गरेको जातीय विभाजनको दुष्परिणाम अहिले समाजमा देखिन थालेको टिप्पणी गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमालेले स्वागत गर्छ : पदम गिरी

एमाले प्रमुख सचेतक पदम गिरीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आए पार्टीले स्वागत गर्ने बताएका छन्।

विश्वमै पहिलोपटक भेटियो मानव मस्तिष्कमा जीवित कीरा

जनावरबाट मानिसमा सर्ने रोग र संक्रमणको बढ्दो खतरालाई यस तथ्यले उजागर गरेको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदको विरोध

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन्। उनीहरूले विधेयक यथास्थितिमा पारित भए यसमा रहेका प्रावधानले न्यायिक पद्धतिमा प्रभाव पार्ने तर्क गरे।

अपराधको राजनीतिकरण कांग्रेसलाई स्वीकार्य छैन : गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा  जघन्य अपराधीलाई जोगाउने प्रावधान राखिएको भन्दै त्यसको भारी नबोक्न कानूनमन्त्रीलाई आग्रह गरेका छन्।

राजनीतिक सहमतिबिना हिंसात्मक गतिविधि छाडेर आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन: रमेश लेखक

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किएका समूहको मुद्दा खारेज गर्ने गरी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्नु नहुने बताएका छन्।

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष पुर्‍याइयो

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाको सट्टा पाँच वर्ष कायम गरिएको गृह मन्त्रालयले जनाएको छ।

१० अर्ब विद्युत् महसुल नउठाउने कुलमान घिसिङलाई तत्काल निलम्बन गर्नुपर्छ: प्रेम सुवाल

डेडिकेटेड लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महसुल नबुझाउनेहरूसँग मन्त्रीहरूकै साँठगाँठ रहेकाले छानबिन गरी कारबाही हुन जरुरी रहेको सुवालको भनाइ छ।

डेंगीको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न माग

डंगी रोगले कोभिडमा जसरी नै जनता आतंकित भएको र संक्रमणका कारण सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको सांसद कार्कीको भनाइ छ।

प्रधानमन्त्रीले भने– रेशम चौधरीको रिहा प्रचलित कानूनबमोजिम नै भएको हो

सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा प्रदान र संरक्षणका गरिरहेको तथा उनलाई ३७ लाख ४७ हजार रुपैयाँ उपचारखर्च उपलब्ध गराएको प्रधानमन्त्रीले बताएका छन्। 

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ: प्रधानमन्त्री

सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकतावाहक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन्।

अस्ट्रेलियाकाे एक प्रमुख ग्यास कम्पनीका श्रमिक हड्ताल गर्दै, ग्यासको भाउ बढ्न सक्ने

गएकाे हप्ता अस्ट्रेलियाका दुई ठूला ग्यास कम्पनी शेभरोन र वुडसाइड इनर्जीको आपूर्तिमा अवरोधको चिन्ता बढेसँगै युराेपमा ग्यासको मूल्य उकालो लागेको थियो।

कोशीमा मुख्यमन्त्री नै पाएका थियौँ, संसदीय समितिसँग लेनदेन भन्नेकुरा झुटो होः राजेन्द्र लिङ्देन

पछिल्लो समय बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको अध्यक्ष लिङ्देनले बताएका छन्।

अर्थतन्त्र सोचेजसरी चलायमान हुन सकेन: प्रधानमन्त्री

सरकार र सरकारको नीतिप्रति नै व्यवसायी ढुक्क हुन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ।

तनहुँका युवाको क्रिकेटमा आकर्षण, मैदान अभाव

जिल्ला क्रिकेट संघले मैदान निर्माणबारे चासो देखाएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्ने तयारी छ।

ललिता निवास प्रकरणमा मंगलबार पनि जिल्ला अदालतमा बयान हुँदै

सोमबार अदालतले थुनामा रहेकामध्ये शिव भट्टराई र रुद्रकुमार श्रेष्ठको बयान लिएको थियो। मंगलबार चार जनाको बयान लिने तयारी छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।