असुरक्षित महसुस गर्दै सँधियार अदालतसम्म पुगेका बेला काठमाडौँ महानगरपालिका–२ को वडा कार्यालयले प्रक्रिया मिचेर अरुण–शिला चौधरीका लागि लाजिम्पाटमा बन्न लागेको बंगलाको नक्सा पास अनुमति दिएको छ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि मंसिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ।
देवघाट सुन्तला उत्पादनका लागि नेपालकै प्रख्यात ठाउँ भए पनि पूर्वाधार विकास नहुँदा उत्पादित सुन्तला बजारसम्म पुर्याउन निकै गाह्रो हुने गरेको किसानको भनाइ छ।
एमाले अध्यक्ष ओलीले बैंकहरूलाई कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउन, अप्ठ्यारोमा परेका व्यवसायीलाई केही समय म्याद थप गरेर उद्यम व्यवसायमा सहयोग गर्न आग्रह गरेका छन्।
पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमा समेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको औँल्याउँछन्, मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक डा पुष्पराज आचार्य।
कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।
जम्सिद जद्रानको शतकप्रेरित अफगानिस्तानले एसीसी यू१९ एशिया कप क्रिकेटमा नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।
नेप्से परिसूचकमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको छ।
पक्राउ पर्नेमा हेटौँडा–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री छन्। उनीहरूले स्थानीय सूर्यप्रसाद पौडेलको घरमा गोली हानेको र फोनबाट धम्क्याएको प्रहरीको दाबी छ।
पछिल्लो समय अमेरिका, बेलायत, चीन तथा विभिन्न वैश्विक समूह जस्तै, जी-७ हरूले एआई सञ्चालनका लागि आ-आफ्नै प्रस्तावना तयार पारेका छन्।
गोलभेँडा बिक्री नभएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवाका किसान मारमा परेका छन्। गोलभेँडा बारीमै कुहिन थालेको उनीहरूको गुनासो छ।
कुनै पनि प्रकारको विरोध प्रदर्शन निषेध यूएईमा शनिबार अनौठो दृश्य देखियो। त्यहाँ जलवायु न्यायका अभियानकर्मीले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन यूएई सरकारको कानून नलाग्ने कोप२८ को ‘ब्लू जोन’मा भएको हो।
आवास निर्माण गरिएका स्थानका नागरिक पनि अपूर्ण आवासका कारण त्रिपालमै बस्न बाध्य छन्। प्रारम्भिक विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरमा क्षति भएको छ।
क्रिसमस भोज खाएपछि बिरामी परेका २९ जनाको उपचार भइरहेको छ। प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए।
राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले लडाइँ जारी रहेको गाजाका आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्।
भन्सारबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जनकारी दिए।
महेन्द्र राजमार्गस्थित अर्घाखाँचीको शीतगंगा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको हो।
राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ तय गरेको छ।
ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ।
क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एस्टन भिल्लासँग पराजित भएको आर्सनल दोस्रो स्थानमा झरेको छ।