AnonymousUser

Logout

क्लब विश्वकप: म्यानचेस्टर सिटी र फ्लुमिनेन्स फाइनलमा

फाइनल खेल आगामी शुक्रबार साउदी अरेबियामा हुनेछ।

जाजरकोट भूकम्पबाट पशुपक्षीमा १० करोडको क्षति, उत्पादनमा पनि ह्रास आउने

भूकम्पबाट एक हजार ५५३ गोठ भत्किँदा किसानको पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई, बाख्रा, भैँसी, बंगुरलगायत ५१३ पशु चौपायाको मृत्युले दुई करोड ५० लाखको क्षति भएको छ।

कस्तो रहनेछ बुधबारको मौसम?

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

‘राज्यले २ अर्ब लगानी नगरे हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुन्छ’

उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रबन्धकले जर्जर वित्तीय अवस्थाका दुवै उद्योगमा राज्यले २ अर्ब लगानी गर्नुपर्ने बताउँदा अर्थसचिव व्यापारको ग्यारेन्टी नगरी लगानी गर्न नसकिने बताउँछन्।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीको कसुरमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सके बहुमत र नसके सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्छ  : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन्। 

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक र जिल्ला अधिवेशन स्थगित

एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् बैठक र मिति तोकिएका सबै जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ।

शहरमा बढिरहेको खतरनाक प्रकाश प्रदूषण (तस्वीर कथा)

वातावरण र जनस्वास्थ्यमा असर पर्ने गरी बिजुली बत्तीको अत्यधिक प्रयोग गर्नु प्रकाश प्रदूषण हो। अहिले हाम्रा शहरहरू यस्तै प्रदूषणको मारमा छन्।

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

सीमित सवारी चल्ने हुँदा स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–१० का पूर्ववडाध्यक्ष तिलक घर्ती मगर बताउँछन्। डेढ दशकअघि सडक खुले पनि स्तरोन्नतिमा ध्यान नपुगेको उनको गुनासो छ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।

एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन: प्रधानमन्त्री

सांसदहरूले एनसेलको छानबिन दूरसञ्चार प्राधिकरण आफैँले गर्न सक्ने भए पनि छुट्टै समिति बनाइएको भन्दै समितिको काम, कारबाहीमाथि आशंका व्यक्त गरेका थिए।

नेप्सेमा उच्च अंकको वृद्धि, १० कम्पनीको कारोबारमा सकारात्मक सर्किट

नेप्से मंगलबार उच्च अंक बढेको छ। कारोबारमा आएकामध्ये विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

मिचेल स्टार्क बने आईपीएल इतिहासकै महँगा खेलाडी

अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर रहेका विश्वविजेता स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका हुन्। उनले सन् २०१४ मा रोयल च्यालेन्जर्स बैंग्लोरमार्फत आईपीएलमा डेब्यू गरेका थिए।

घर छैनन्, त्रास मात्रै बाँकी

पालमा बसेको २४ दिनपछि चिउरी गाउँकी कमला रावतका श्रीमानको चिसोबाट मृत्यु भयो। अहिले पनि नलगाड नगरपालिकाका आठ हजारसहित जाजरकोट र रुकुम पश्चिमका ३१ हजार परिवार पालमुनि छन्।

छानबिन प्रतिवेदन नआउन्जेल एनसेलको शेयर कारोबारलाई स्वीकृति नदिन संसदीय समितिको निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाहीको सम्बन्धमा जानकारी माग्ने पत्र लेख्ने निर्णय पनि गरेको छ।

नेपाल सुपर लिग : इलामको सान्त्वना जित, प्लेअफ पुग्न ललितपुरलाई थपियो दबाब

स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।

एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीलाई मान्यता नदिन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

एनसेल खरिदबिक्री स्वाभाविक छैन, यसमा सरकार गम्भीर छ: प्रधानमन्त्री 

एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

चितवनमा ३८० किलो गाँजासहित २ जना पक्राउ

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।