AnonymousUser

Logout

ओली भन्छन्– कोशीमा एमालेको सरकार बन्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।

ओलीको उदयसँगै राजनीतिमा घृणा शुरू भएको घनश्याम भुसालको आरोप

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।

देशभर २ हजार नक्कली इन्जिनियर भएको दाबी, परिषद‍्माथि उठ्यो प्रश्न

डाक्टरका प्रमाणपत्र छानबिन भइरहे पनि इन्जिनियरिङ परिषद्ले नक्कली इन्जिनियरको विषयलाई त्यति महत्त्व नदिएको इन्जिनियरहरूकै गुनासो छ। परिषद्को अहिलेको नेतृत्वले कुनै उजुरीमा पनि अन्तिम निर्णय दिन सकेन।

भरतपुर महानगरभित्रका अधिकांश मन्टेश्वरी मापदण्डविपरीत सञ्चालनमा

मन्टेश्वरीको भवन ट्राफिकको जोखिम नभएको स्थानमा हुनुपर्ने, अग्नि नियन्त्रण उपकरण अनिवार्य हुनुपर्ने, अनिवार्य रूपमा भुईं तलामा मात्रै सञ्चालन गरिनुपर्ने निर्देशिकामा उल्लेख छ।

सार्वजनिक–निजी साझेदारी ऐन संशोधन हुँदै, प्रस्ताव तयार पार्ने जिम्मा लगानी बोर्डलाई

बैठकले तमोर जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ। 

किन मारिए वाग्नर प्रमुख प्रिगोजिन, के पुटिनले आफ्नै साथीसँग बदला लिए? 

विमान दुर्घटनामा मारिएका रुसी सैन्य समूह, वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रहस्य खुल्न बाँकी छ। पश्चिमा मुलुकहरु भने यसलाई दुर्घटना मान्न तयार छैनन्।

रहेनन् ‘डब्ल्यूडब्ल्यूई’ स्टार ब्रे

३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।

ट्रम्पद्वारा जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण, २ लाख डलर धरौटीमा छुटे

जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ।

भुसुनेको जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट काठमाडौँ तथा तराईका लागि छुटेका सवारी मिलनचोक रमाइलोडाँडा क्षेत्रमा रोकिएका छन्।

हेलम्बु मेलम्चीमा बाढी: मेलम्ची–हेलम्बु सडक अवरुद्ध

पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।

भ्रष्टाचार र संगठित अपराधविरुद्ध खबरदारी गर्दै नागरिक आन्दोलन 

ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले  बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।

महाकालीको जलसतह खतराको तहभन्दा माथि, कञ्चनपुरको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सडक हिलाम्मे भएपछि टिमुरमै रोकिए चीनबाट आयातित विद्युतीय सवारी

सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्सार कार्यालयले जनाएको छ।

पर्यटक घटेपछि संकटमा हात्ती सफारी, घाटा बेहोर्दै व्यावसायी

चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहामा २० वर्षअघि हात्ती पाल्न थालिएको थियो। तर, यहाँ आउने पर्यटक घटेसँगै व्यावसायीले हात्ती बेच्न थालेका छन्। 

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बन्चरो प्रहार

पूर्वपश्चिम राजमार्गस्थित झापाको झरना खोलानजिक नियमित सवारी जाँचका क्रममा प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। उनको टाउको र हातमा गम्भीर चोट लागेको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका केही स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।

फौजदारी अपराध अनुसन्धानमा पद हेरेर विभेद, व्यक्ति हेरेर व्यवहार!

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणले अदालत पुग्दासम्म कस्तो रूप लिन्छ भन्ने त प्रष्ट हुन बाँकी नै छ, तर यो प्रकरणमा सीआईबीले गरेको अनुसन्धान भने प्रश्नहरूको घेरामा परेको छ।

गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री

सुदूरपश्चिम प्रदेशका नागरिकको भावनालाई सम्बोधन गर्दै यस पर्वलाई राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने प्रस्ताव लिएर जाने प्रधानमन्त्री दाहालको भनाइ थियो।

युवाको सहभागिता बढाउन एकीकृत समाजवादीले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ चलाउने

एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र जनतालाई सुसूचित गर्न समिति बनाउने निर्णय गरेको छ।

कोशी सरकारलाई दीर्घकालीन असर पार्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश, रिटलाई अग्राधिकार

न्यायाधीश खतिवडाको इजलासले विवादित विषय छिटोछरितो रूपमा निरूपण गर्न वाञ्छनीय देखिएको भन्दै पूर्ण सुनुवाइका लागि भदौ १५ गते रिटलाई अग्राधिकार दिई पेश गर्न भनेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।