AnonymousUser

Logout

अध्यागमन अधिकृतसँग 'सेटिङ' मिलाएर भिजिट भिसामा विदेश पठाउने २ जना पक्राउ

उनीहरूले अध्यागमन कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर ३०० जनालाई भिजिट भिसामा विदेश पठाएको प्रहरीले जनाएको छ।

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रियसभामा उम्मेदवार छान्ने जिम्मा देउवालाई

कांग्रेस नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।

शनिबार काठमाडौँका यी स्थानमा काटिँदै छ बिजुली

टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका भीमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल लगायतका स्थानमा बिजुली काटिने प्राधिकरणले जनाएको छ।

तीनदिने सत्याग्रह शुरू गर्दै डा. गोविन्द केसी

डा गोविन्द केसीले विगतमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नभएको भन्दै शुक्रबार साँझ ५ बजेबाट सत्याग्रह शुरू गर्ने घोषणा गरेका छन्।

रुसी सेनाको रक्षा कवच बन्दै नेपाली, ‘कन्ट्र्याक्ट आर्मी’का नाममा भर्ती

रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।

निजी क्षेत्रमार्फत सञ्चालनमा आयो चोभार सुख्खा बन्दरगाह

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका सात वटै पोर्ट निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए।

बालकृष्ण खाणले बुझाए ३० लाख धरौटी, अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग लगिँदै 

खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।

युक्रेनलाई आईएमएफको ९० करोड अमेरिकी डलर सहयोग

विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्ने वित्तमन्त्री सेर्गी मार्चेन्कोले बताए।

धनुषामा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु, १ गम्भीर

तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

काठमाडौँ महानगरका कामले संघीय सरकारलाई पनि प्रेरणा मिलेको छ: प्रधानमन्त्री

शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ। 

एनएसएलमा खाली रंगशाला: नि:शुल्क टिकट र नगद पुरस्कारले पनि तानिएनन् दर्शक

एनएसएलका दर्शकमध्ये आयोजकले हरेक खेलमा 'फ्यान अफ द म्याच'लाई ५ हजार पुरस्कार दिन्छ। फ्रेन्चाइजीहरूले पनि नि:शुल्क टिकट बाँड्नेदेखि अनेक 'अफर' दिइरहेका छन्। तर रंगशालामा दर्शक नै छैनन्।

महासमिति बैठक नसार्न देउवालाई दबाब

शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने प्रस्तावमा बैठकमा छलफल हुने बताएका छन्।

बाँकेमा गाडीको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवलदार गम्भीर

पूर्वपश्चिम राजमार्गस्थित कोहलपुरको मदनचोकमा ड्युटीमा खटिएका दुवै जनालाई बिहीबार राति जिपले ठक्कर दिएको थियो।

ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोटको प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।

बाजुराका भूकम्प प्रभावितका लागि उपलब्ध ८ करोड फिर्ता, जाजरकोट र रुकुम पश्चिम पठाइने

प्राधिकरणले बाजुराका भूकम्प प्रभावितका  लागि अस्थायी आवास निर्माण गर्न गत मंसिर ४ गते पहिलो किस्ताबापत १४ करोड पठाएको थियो।

एकैदिन २०० रुपैयाँले बढ्यो कुरिलोको मूल्य, प्याज घट्यो

बिहीबार प्रतिकिलो ६०० रुपैयाँ रहेको कुरिलो शुक्रबार २०० ले बढेर ८०० रुपैयाँ पुगेको छ।

दक्षिण अफ्रिकाविरुद्धको अन्तिम टी२० मा भारत विजयी

भारतका कप्तान सूर्यकुमार यादवले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए। यो उनको टी२० आई करिअरको चौथो शतक हो। योसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको कीर्तिमानसँग बराबरी गरेका छन्। 

बचत फिर्ता नगरेको भन्दै कान्तिभैरव सहकारीपीडित आन्दोलित

बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्किने गरेका छन्।

तराईमा हुस्सु र कुहिरो, पहाडी भूभागमा आंशिक बदली हुने

दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।