सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले यो निर्णय गरेको हो। निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न आयोगले आइतबार सरकारलाई तीन दिन बिदा दिन सिफारिस गरेको थियो। यसअघि फागुन १८ गते सोमबार पहाडी जिल्लामा र फागुन १९ गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा (होली)को सार्वजनिक बिदा परेको छ। होलीलगत्तै तीन दिन थप बिदा दिँदा आफ्नो कार्यथलोबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म पुग्न र फर्कन सहज हुने आयोगको विश्वास छ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४० लाख (४ मिलियन) अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। यसैगरी, सरकारले ‘जेनजी परिषद्’ गठन गर्ने निर्णय गरेको छ।
चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय भएको छ। बैठकले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ। साथै, बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने निर्णयसमेत भएको प्रवक्ता अर्यालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
