मनाङको विकट नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको हिउँ सुरक्षाकर्मीले पाँच दिन लगाएर पन्छाएपछि निर्वाचनको तयारीका लागि आवतजावत सहज भएको छ।
मनाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी छ। हालसम्म सडक सञ्जालको पहुँच नपुगेको मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटो बाक्लो हिउँ जमेर बन्द भएको थियो।
हाल उक्त हिउँ पन्छाएर बाटो खुलाइएको छ। आसन्न निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले पाँच दिन खटिएर हिउँ पन्छाएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।
मौसमबाहेक मनाङमा अन्य चुनौती नरहेको उनले बताए। “हामीलाई अप्ठ्यारो भयो भने मौसम नै हो। प्राकृतिक समस्याबाहेक मानव सिर्जित समस्या छैन”, उनले भने, “तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा छौँ। अन्य कारणले चुनाव रोकिने छैन।” नार्पाभूमिका पाँच वडामा ४८८ मतदाता छन्।
बाटो खुले पनि गाउँले अझै फर्किएका छैनन्। जाडो छल्न काठमाडौँ र पोखरा झरेका अधिकांश मतदाता फर्किने क्रममा रहेको पौड्यालले बताए। “अहिले गाउँमा चौँरी गोठाला र केही ज्येष्ठ नागरिक मात्र हुनुहुन्छ। काठमाडौँ बस्ने मतदाता १४–१५ गतेतिर गाउँ फर्किने जानकारी प्राप्त भएको छ”, उनले भने, “गाउँले नहुँदा हामी पनि जान सक्ने अवस्था छैन। उनीहरू फर्किएपछि जाने तयारीमा छौँ।”
निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि सुरक्षा घेरासहित मतपत्र र मतपेटिका सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको जानकारी दिए।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले मतदातालाई गाउँ फर्काउन प्रयास भइरहेको जानकारी दिए। “अधिकांश मतदाता काठमाडौँमै हुनुहुन्छ। १४ देखि १७ गतेसम्ममा सबै मतदातालाई गाउँ फर्कन अनुरोध गरेका छौँ”, उनले भने, “परिवारका कम्तीमा एक जना सदस्य अनिवार्य रूपमा फर्कन सुझाव दिएका छौँ।”
मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपाबाट यशोदा सुवेदी र मङ्गोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले उम्मेदवार छन्। यसअघि एमाले र राप्रपाले उम्मेदवारी दिए पनि कांग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका थिए। मनाङमा यस निर्वाचनमा ३,६२३ महिला र ३,३७७ पुरुष गरी कूल सात हजार मतदाता छन्। जिल्लामा २९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
