पश्चिमी न्यूनचापीय रेखाको प्रभावले आज देशका विभिन्न पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझसम्म काठमाडौँ उपत्यकासहित गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। ती स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन शुरू भइसकेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलले माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण मंगलबार देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइन्। “आज साँझसम्म वर्षाको सम्भावना रहे पनि पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले मौसममा क्रमिक रूपमा सुधार हुनेछ,” उनले भनिन्।
पोखरेलका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
तराईका केही क्षेत्रमा भने बिहीबार बिहानसम्म नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले विशेष गरी सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
