विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।
कांग्रेस सांसद विश्वप्रकाश शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउने मामिलामा सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन्।
यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।
न्यायिक समितिमा आएका उजुरीमध्ये बहाल रकम भराई घर तथा कोठा खाली गराइदिन माग गर्दै घरबेटीका तर्फबाट परेका उजुरी झन्डै ८० प्रतिशत रहेको महानगरपालिका कार्यालयले जनाएको छ।
कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका छन्।
सार्वजनिक निकायमा निश्चित व्यक्तिलाई नियुक्ति दिनकै लागि मापदण्ड र कार्यविधि संशोधन गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको प्रमुख आयुक्त राईले बताएका छन्।
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने र सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको उनको दाबी छ।
भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ।
ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद गुजारिसकेको छ। आगामी वैशाख ५ गतेसम्मका लागि पुनः तीन महिनाको दोस्रो म्याद थपिए पनि निर्माणले गति लिएको छैन।
संघीय सरकारले निसीमा एक घर एक धारा निर्माण गर्ने योजना लिएको छ। तर, १२ करोड ९८ लाख लागतको खानेपानी आयोजनामा दुई वर्षमा २३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ।
नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
घरको चौथो तलाबाट हाम फालेकी रविना महर्जन र अचेत अवस्थामा भेटिएका उनकी छोरी २ वर्षीया रिवा र ६ वर्षीय छोरा अश्वेतको उपचारका क्रममा मृत्यु भएको छ।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले पराजित गर्दै एशियन कपको उपाधि जितेको छ। कतारले सबै गोल पेनाल्टीमार्फत गरेको थियो।
अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए।
बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
हरित हाइड्रोजनको अनुसन्धान गर्न केयूमा ग्रिन हाइड्रोजन ल्याब स्थापना भएको छ। यो ल्याबले गत कात्तिकमा हाइड्रोजन कार–२०१९ हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको छ। उक्त कारको मूल्य ३३ हजार अमेरिकी डलर छ।
समीर तामाङको दुई गोलप्रेरित नेपालको यु२३ टोली चिनियाँ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ गोल अन्तरले विजयी भएको छ।
वैशाखमा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनअघि विभिन्न कानूनमा सुधारका लागि सिफारिस गर्न गठित कार्यदलले एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ।