AnonymousUser

Logout

टीकापुर नगर विकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तराईमा बिहानैदेखि हुस्सु, कोशीको उच्च पहाडमा हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाँसबारी जग्गा प्रकरण : जग्गा फिर्ता ल्याउन मालपोतले जारी गर्‍यो २१ दिने सूचना

सीआईबीका एसएसपी दिनेश आचार्यले पनि भूमि सुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै पत्राचार गरेको जानकारी आफूले प्राप्त गरेको बताए।

अदालतले बढुवाको कानूनी बाटो खोलिदिए पनि रोकिएन बीपी प्रतिष्ठानमा आन्दोलन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रूपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

सरकारले गर्‍यो हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज

सरकारले हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।

उद्योगहरूमा १० घण्टासम्म लोडसेडिङ, ‘छवि बचाउन’ औपचारिक घोषणा गर्दैनन् कुलमान

औद्योगिक क्षेत्रमा दैनिक १० घण्टासम्म लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले औपचारिक तालिका सार्वजनिक नगर्दा ठूलो क्षति बेहोर्नु परिरहेको उद्योगीहरूको गुनासो छ। किन लोडसेडिङको औपचारिक घोषणा हुँदैन?

शान्तिबाटिकाबाट हटाइएकाहरू काठमाडौँ महानगरविरुद्ध आन्दोलित

शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि काठमाडौँ महानगरका मेयर बालेन शाहले हस्तक्षेप गरेका उनीहरूको भनाइ छ।

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ

नक्कली नोट कारोबारी भिडभाड, किराना पसल, मासु पसल, तरकारी बजार, गाउँघरमा भैँसी, खसी खरिद गर्ने, ज्याला मजदुरी दिने काममा नक्कली नोट प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।

बेगनास तालमा मोटरबोट सञ्चालन रोक्न उच्च अदालत पोखराको आदेश

बेगनास तालमा मोटरबोट सञ्चालन रोक्न उच्च अदालत पोखराले आदेश दिएको छ।

रोहितको उत्कृष्ट बलिङमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

नेपालले पाहुना टोली क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ।

तोकिएको समयभित्र संसद् भवन नबन्ने संसदीय समितिको आकलन, चासो दिन सरकारलाई आग्रह

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ तोकिएकै समयभित्र निर्माणाधीन संसद् भवनको काम सम्पन्न नहुने अवस्था रहेको बताउँछन्।

लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी : अर्थमन्त्री

अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिएका हुन्।

बसको ठक्करबाट भारतीय युवकको मृत्यु

श्रीराम स्कुलको बसले ठक्कर दिँदा साइकल यात्री भारत मधुवनीका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको हो। 

दीपेन्द्रसिंह ऐरीले यूएईको क्रिकेट लिग खेल्ने

दीपेन्द्रको यो दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग हो। यसअघि उनले क्यानडामा भएको क्यानडा ग्लोबल टी२० लिग खेलेका थिए।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको छ। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए।

कालोपत्र हुने भएपछि तमोर करिडोरमा खुल्न थाले नयाँ होटल

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत ११२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ। यहाँ दैनिक २०० भन्दा बढी सवारी ओहोरदोहोर गर्छन्।

उकुसमुकुस पोखरा!

सडकमार्गबाट पोखरा पुग्नै सकस छ। पोखराभित्रका सडक पनि खनेर बेहाल छन्। ट्राफिक लाइट बल्दैनन्। बेलाबेला फोहोरको डंगुर लाग्छ। सवारी पार्किङको समस्या उस्तै छ। के पोखराले सुन्दरता र मौलिकता गुमाएको हो?

पाकिस्तान आम निर्वाचन: मतदान जारी, मोबाइल इन्टरनेट सेवा बन्द

निर्वाचनको दिन पाकिस्तानमा इन्टरनेट सेवा बन्द गरिएको छ। सुरक्षा उपाय अपनाउनु पर्ने भएकाले इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ।

बाह्य क्षेत्रमा सुधार भए पनि मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ: युवराज खतिवडा

विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा वृद्धि भएको तथ्यांकलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने खतिवडाको भनाइ छ।

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल, सूर्य र रिजनले डेब्यु गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।