नेता कोइराला राजनीतिक मुद्दा बनाएर संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि राम्रो नबन्ने बताउँछन्।
फोहोरको वर्गीकरण, व्यवस्थापन र ढुवानी पूर्वतयारीमा अस्पतालको कमजोरी देखिएपछि अनुगमन टोलीले फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिएको काठमाडौँ महानगरले जनाएको छ।
प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो। तर विमानस्थल हाल प्रयोगविहीन भएको छ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।
मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।
सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।
नेपालले क्यानडाविरुद्धको ओडीआई शृंखलामा प्रमुख खेलाडीलाई विश्राम दिएर नयाँ र लामो समय टिमबाहिर रहेकालाई खेलाएको थियो। ती खेलाडीले मौकाको सदुपयोग गर्दा अब राष्ट्रिय टोलीमा प्रतिस्पर्धा बढेको छ।
गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको उनको भनाइ छ।
उनीहरूले पाँच वर्षअघि स्याङ्जाको वालिङस्थित छाङ्छाङ्दी मन्दिरमा विवाह गरेका थिए।
पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा एक मैत्रीपूर्ण खेलका क्रममा उक्त घटना भएको हो।
सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने सो रोग कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ।
वैदेशिक रोजगारीको प्रलोभन तथा खुला सिमानाका कारण नेपालीहरू बेचबिखनमा पर्ने गरेका छन्।
युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।
पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्यो।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालले देशको आर्थिक वृद्धिका लागि कर प्रणालीमा सुधारसँगै पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।
कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।